काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गराउनु भएको छ । आफ्नो पूरा नाम हर्कराज राई ‘साम्पाङ’को नाउँमा निर्वाचन आयोगमा दल दर्ताका लागि असोज १२ गते निवेदन दिनु भएको हो । त्यसको आयोग स्रोतले पुष्टि गरेको छ ।
उहाँले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिनु भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको छ ।
उहाँले भन्नुभयो, ‘हर्कबहादुर राईलाई संयोजक राखेर दल दर्ताका लागि निवदेन आएको छ ।’
पार्टीको नाम श्रम संस्कृति पार्टी र आयोगका अनुसार निवेदनमाथि जाँचबुझ भइरहेको छ । सबै मापदण्ड पूरा भएमा बडादशैं बिदा सकिएपछि दल दर्ता हुने आयोगले जनाएको छ ।
सो पार्टीका अन्य पदाधिकारीहरूको नाम भने खुलाइएको छैन ।
प्रकाशित मिति २०८२ आश्विन १२, आईतवार २०:२३ गते