२४ घण्टा नबित्दै कर्तव्यज्यान मुद्दाका अभियुक्त पक्राउ

२४ घण्टा नबित्दै कर्तव्यज्यान मुद्दाका अभियुक्त पक्राउ

अपूर्वराज अधिकारी

@Facebook

२०८२ असोज १३ गते सोमबार ०४:२१

घटनामा संलग्नु अभियुक्त सोही नगरपालिका– ३ बस्ने ३० वर्षीय सागर परियार मुख्य अभियुक्तको रुपमा पहिचान गरी उसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरी नायव उपरीक्ष रेशम बोहराले बताउनु भयो । उहाँका अनुसार घटना भएको २४ घण्टा नबित्दै संलग्न अभियुक्त पक्राउ परेका छन् ।

तीनपिप्ले(लमजुङ)– लमजुङमा गए राती भएको एक कर्तव्यज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ । सो घट्ना लमजुङको राइनास नगरपालिका– ४, अल्काटारमा भएको हो । सो स्थानमा निर्माणाधीन राइनास नगर अस्पतालमा कार्यरत २२ वर्षीय विशाल दाहालको हत्या भएको लमजुङ प्रहरीले जनाएको छ । घटनामा संलग्नु अभियुक्त सोही नगरपालिका– ३ बस्ने ३० वर्षीय सागर परियार मुख्य अभियुक्तको रुपमा पहिचान गरी उसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरी नायव उपरीक्ष रेशम बोहराले बताउनु भयो । उहाँका अनुसार घटना भएको २४ घण्टा नबित्दै संलग्न अभियुक्त पक्राउ परेका छन् ।
उहाँले भन्नुभयो, ‘दाहाल सुत्ने कोठामा असोज १२ गते मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको टाउकोको पछाडिबाट प्रहार गरी हत्या गरिएको पाइएको छ । घटनास्थलमै रगतले लतपतिएको ढुंगा समेत बरामद गरिएको छ ।’
गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसमेत मगाई रातभर अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानको क्रममा मृतक दाहालसँग घनिष्ट सम्बन्ध राख्दै आएका राइनास परियारलाई प्रहरीले लमजुङको सदरमुकाम बेसिशहरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राज किशोर साह तेलीले बताउनु भयो । उहाँका अनुसार प्रारम्भिक बयान अनुसार घटनाको दिन उनीहरूले रक्सी सेवन गर्दै मासु समेत खाइरहेका बेला विवाद हुँदा परियारले ढुंगाले प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।
उहाँले भन्नुभयो, ‘घटनाबारे आफन्त, जनप्रतिनिधि र स्थानीयवासीको रोहबरमा मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको छ ।’
पक्राउ परेका सागर परियारलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान कार्य अघि बढाएको सूचना अधिकारी साहले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८२ आश्विन १३, सोमबार १६:२१ गते
हजुरको प्रतिक्रिया