काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक विज्ञप्ति जारी गरी आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिदै चाडपर्वका अवसरमा कुनै पनि प्रकारको उपहार नलिनु भनेको छ । रास्वपाले असोज १३ गते जारी गरेको एक विज्ञप्तिमा त्यस्तो उल्लेख छ ।
विज्ञप्ति प्रवक्ता मनिष झाले जारी गर्नु भएको हो । उहाँले सबै तहका नेताहरूले चाडपर्वका अवसरमा शुभकामना पत्रहरू बाहेकका अन्य कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन पनि जारी गर्नु भएको हो ।
त्यस्तै, पार्टीका निवर्तान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउनसमेत निर्देशन दिएको छ । विघटित प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसदहरूले प्रतिनिधित्व गरेका थिए ।
जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएकाले राष्ट्रिय शोकको अवस्था रहेको पनि रास्वपाले स्मरण गरेको छ ।
रास्वपाले भनेको छ, ‘तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ ।’
विज्ञप्तिको सक्कल प्रति :
प्रकाशित मिति २०८२ आश्विन १३, सोमबार १७:०० गते