‘जेनजी’ प्रदर्शनमा जलेका सात शवको डीएनए पहिचान भएन : अब प्रहरीलाई जिम्मा

‘जेनजी’ प्रदर्शनमा जलेका सात शवको डीएनए पहिचान भएन : अब प्रहरीलाई जिम्मा

एजेन्सी

@antaranganews

२०८२ असोज १५ गते बुधबार ०४:००

त्रिवि शिक्षण अस्पताल रहेका ती सात शवबाहेक अन्य सबै मृतकहरूको पहिचान र अन्त्येष्टि भइसकेको छ ।
उक्त आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ७६ पुगको प्रहरीले जनाएको छ ।

शव जलेर कंकाल र खरानी बनेकाले डीएनए नमुना निकाल्न नसकिएको अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले बताउनु भयो ।

काठमाडौं– गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौंमा हत्या भएका ७ जनाको शवको डिएनए पहिचान गर्नसमेत महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले सकेन । जलेर मृत अवस्थामा फेला परेका सातजनाको शवबाट डीएनए नमुना निकाल्न त्रिवि शिक्षण अस्पतालले नसकेको असोज १४ गते खुलासा भएको हो ।
यसबाट ती व्यक्तिको के कस्तो अवस्थमा मृत्यु भएको होला भन्ने आंकलन मात्र गर्न सकिन्छ । शव जलेर कंकाल र खरानी बनेकाले डीएनए नमुना निकाल्न नसकिएको अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले बताउनु भयो । उहाँका अनुसार सातवटा शवको कंकाल र खरानी मात्रै बाँकी छ । उहाँले भन्नुभयो, ‘अस्पतालमा ती शवको खरानी पोका पारेर राखिएको छ । डीएनए परीक्षणका लागि नमुना निकाल्न सकिएन ।’ अब प्रहरी टेक्निकल टिम आएर हेर्छ डा. चौधरीले जानकारी दिनुभयो ।
चिकित्सकका अनुसार, मृतकको पहिचानका लागि उनीहरूको परिवारका सदस्यसँग डीएनए म्याच गराउनुपर्छ ।
त्रिवि शिक्षण अस्पताल रहेका ती सात शवबाहेक अन्य सबै मृतकहरूको पहिचान र अन्त्येष्टि भइसकेको छ ।
उक्त आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ७६ पुगको प्रहरीले जनाएको छ । अझै पनि केही घाइते उपचाररत अवस्थामा अस्पतालमै छन् ।

प्रकाशित मिति २०८२ आश्विन १५, बुधबार १६:०० गते
हजुरको प्रतिक्रिया