सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालय, लमजुङद्वारा सात बुँदे सूचना जारी

सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालय, लमजुङद्वारा सात बुँदे सूचना जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज १८ गते शनिवार ११:१०

सडक अबरुद्ध भएमा बेसीशहर– चामे सडकको खुदी, जगत, डुम्रे– बेसीशहर सडकको उदीपुर र मध्य पहाडी लोकमार्गको विमिरेभञ्ज्याङ खण्डमा डोजर र एक्साभेटर तथा लोडर तयारी राखिएको समेत जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी सो सूचना जस्ताको तस्तै :

बेसीशहर– विद्यमान मौसमी स्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, लमजुङले सात बुँदे सूचना जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयले सो सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालयले असोज १७ गते जनाएको हो ।
सो सूचनामा जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १५ गते जारी गरेको सूचना अनुसार क्रमशः मौसम पूर्वानुमान सम्बन्धि विज्ञप्ति र उच्च सतर्कता सम्बन्धि असोज १७ गतेदेखि २० गतेसम्म सतर्कता अपनाउन गरिएको अनुरोधलाई ध्यानमा राखी यस जिल्लामा समेत पानी पर्न सक्ने भनिएको हुँदा सो परिस्थितिमा जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले सहयोग गर्नु गराउनु हुन जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरिएको बताइएको छ ।
सूचनामा सडक अबरुद्ध भएमा बेसीशहर– चामे सडकको खुदी, जगत, डुम्रे– बेसीशहर सडकको उदीपुर र मध्य पहाडी लोकमार्गको विमिरेभञ्ज्याङ खण्डमा डोजर र एक्साभेटर तथा लोडर तयारी राखिएको समेत जनाइएको छ ।
सो सूचना अनुसार बेसीशहर– चामे सडक खण्डको खुदीदेखि जगतसम्मको खण्डमा साँझ ७ बजेदेखि विहान ६ बजेसम्म सवारी साधन नचलाउने, सुरक्षा निकायको अनुरोध पालना गर्न, उक्त समयमा जोखिमपूर्ण यात्रा नगर्न र गर्नु पर्नेनै भएमा सुरक्षा निकायलाई जानकारी दिन, पहिरो क्षेत्रका बासिन्दाले विशेष सतर्कता अपनाउन तथा कुनै विपतका घट्ना भएमा तत्कालै सुरक्षा निकायमा खबर गर्न अनुरोध गर्ने निर्णय गरेको जारी सूचनामा उल्लेख छ । सूचनामा विपद परेको खण्डमा सूचना गर्न फोन नंबर समेत दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी सो सूचना जस्ताको तस्तै :

प्रकाशित मिति २०८२ आश्विन १८, शनिबार ११:१० गते
हजुरको प्रतिक्रिया