लमजुङ प्रशासनद्वारा जिल्ला भित्रने र बाहिरिने यातायातका साधन आवतजावतमा रोक

लमजुङ प्रशासनद्वारा जिल्ला भित्रने र बाहिरिने यातायातका साधन आवतजावतमा रोक

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज १८ गते शनिवार १२:४७

अत्यावश्यक बाहेक यात्रा नगर्न, घरमै सुरक्षित रहन, विभिन्न सञ्चारमाध्यमबाट विपदसम्बन्धि सूचना प्राप्त गर्न समेत प्रशासनको आग्रह छ ।

यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा याचना समेत गरेको छ ।

बेसीशहर– जिल्ला प्रशासन कार्यालय लमजुङद्वारा जिल्लामा भित्रिने र जिल्लाबाट बाहिरिने यातायातका साधनहरूको आवतजावतमा रोक लगाएको छ । प्रशासन कार्यालय एक सूचना जारी गर्दै असोज १८ गते त्यस्तो जनाएको छ । जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको बैठक पछि जारी सूचनामा जनाइएको हो ।
सो सूचना अनुसार २० गतेसम्मका लागि यातायाता आवत जावत गर्न रोक लगाइएको उल्लेख छ । सो सूचनामा भनिएको छ, ‘वर्षाको कारणले राजमार्गमा हुन सक्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्न असोज १८ गतेदेखि २० गतेका लागि बन्द गरिएको छ ।’
यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा याचना समेत गरेको छ । साथै अत्यावश्यक बाहेक यात्रा नगर्न, घरमै सुरक्षित रहन, विभिन्न सञ्चारमाध्यमबाट विपदसम्बन्धि सूचना प्राप्त गर्न समेत प्रशासनको आग्रह छ ।
लमजुङको जिल्ला सदसमुकाम बेसीशहर, सुन्दरबजार नगरपालिकाको खत्री ठाँटी, कुन्छा, दुराडाँडाँ, मध्यनेपालको भोर्लेटार, रामबजार, क्ब्होलासोथर गाउँपालिकाको गिलुङ, घाम्राङ, पसगाउँ, राइनास नगरपालिकाको बाराङ खोला तथा धमिलिकुवा, मर्याङदी गाउँपालिकाको भूलभूले, दोर्दीको नौथर, हिले बजार, छोटे खेला आदि स्थानबाट मनाङ, पोखरा, नारायणगढ र काठमाडौंमा सिधा यातायाता सेवा सुचारु हुँदै आएको छ ।
सो सूचनाको छायाप्रति :

प्रकाशित मिति २०८२ आश्विन १८, शनिबार १२:४७ गते
हजुरको प्रतिक्रिया