सरकारका दुई थरी निर्णय : गृहमन्त्रालयद्वारा दुई दिन विदाको घोषणा, सामान्य प्रशासन मन्त्रालयद्वारा आजै हाजिर हुन उर्दी

सरकारका दुई थरी निर्णय : गृहमन्त्रालयद्वारा दुई दिन विदाको घोषणा, सामान्य प्रशासन मन्त्रालयद्वारा आजै हाजिर हुन उर्दी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज १८ गते शनिवार ०६:३८

देशैभरि भइरहेको भारी वर्षा र दशैं मनाउन गएका कर्मचारी तथा सरोकारवालाहरू घरमै रोकिएको अवस्थालाई मध्यनजर गर्दै सरकारको गृहमन्त्रालयले असोज १९ र २० गते अर्थात आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सतर्कता, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्न निर्देशन दिएको छ ।

काठमाडौँ– सरकारका आजै भएका दुई थरी निर्णय सार्वजनिक भएका छन् । विहानदेखिको बर्षातका कारणले गर्दा सिर्जित अस्तव्यस्त स्थितिलाई ध्यानमा राखेर गृहमन्त्रालयद्वारा असोज १९ र २० गते दुई दिन विदाको घोषणा गरेको छ । तर सामान्य प्रशासन मन्त्रालयद्वारा भने कार्यालय प्रमुखहरूलाई असोज १८ गते आजै हाजिर हुन उर्दी जारी भएको छ ।
देशैभरि भइरहेको भारी वर्षा र दशैं मनाउन गएका कर्मचारी तथा सरोकारवालाहरू घरमै रोकिएको अवस्थालाई मध्यनजर गर्दै सरकारको गृहमन्त्रालयले असोज १९ र २० गते अर्थात आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्तासमेत रहनु भएका सहसचिव आनन्द काफ्लेले एक सूचना जारी गर्दै त्यस्तो जानकारी दिनु भएको हो । उहाँका अनुसार सरकारले भोलि र पर्सी दुई दिन बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयद्वारा जारी पत्रको प्रतिलिपि :
अत्यधिक वर्षाका कारण जनजीवन प्रभावित भएको र यातायात तथा आवतजावतमा कठिनाइ भएकाले यस अवधिलाई व्यवस्थापन गर्नका लागि दुई दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ ।
आजै हाजिर हुन कार्यालय प्रमुखहरूलाई निर्देशन :
उता, सरकारले देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सबै मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई आजै हाजिर हुन एक सार्वजनिक सूचनामार्फत निर्देशन दिएको हो । देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले सरकारले कार्यालय प्रमुखहरूलाई असोज १८ गतेसम्म कार्यस्थलमा पुग्न निर्देशन दिएको सूचनामा भनिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सतर्कता, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्न निर्देशन दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन गर्न पत्राचार गरेको जनाएको छ ।
सामान्य प्रशासन मन्त्रालयद्वारा जारी पत्रको प्रतिलिपि :

प्रकाशित मिति २०८२ आश्विन १८, शनिबार १८:३८ गते
हजुरको प्रतिक्रिया