अन्ततः मनाङको उपनिर्वाचन स्थगत

अन्ततः मनाङको उपनिर्वाचन स्थगत

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज २० गते सोमबार ०८:३९

सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेश सभामा तत्कालीन सदस्य राजिब गुरूङ (दीपक मनाङे) को पद रिक्त भएपछि मनाङमा कार्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी आयोगले थालेको थियो ।

यसअघि नै रूपन्देही क्षेत्र नम्बर ३ हुने प्रतिनिधि सभा निर्वाचन पनि रोकेको आयोगले मनाङको उपनिर्वाचन कार्तिक १७ गते गर्ने तयारी गरेर पनि रोकेको हो ।

काठमाडौं– मनाङको प्रदेश सभा निर्वाचन तत्काल नगर्न सरकार र निर्वाचन आयोगबीच समझदारी भएको छ । सरकार र निर्वाचन आयोगका आयुक्त सहितका पदाधिकारीबीच भएको छलफलको क्रममा मनाङको उपनिर्वाचन नगर्न समझदारी भएको आयोगले विज्ञप्ति जारी गरी असोज १९ गते जानकारी दिएको हो ।
यसअघि नै रूपन्देही क्षेत्र नम्बर ३ हुने प्रतिनिधि सभा निर्वाचन पनि रोकेको आयोगले मनाङको उपनिर्वाचन कार्तिक १७ गते गर्ने तयारी गरेर पनि रोकेको हो ।
सो अवसरमा आयोगका पदाधिकारी र मन्त्रीहरूसँग भएको छलफलमा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक पर्ने बजेटको सिलिङबारे पनि छलफल गरिएको थियो । छलफलको क्रममा प्रतिनिधि सभा निर्वाचन समयमै गर्न र त्यसमा कुनै पनि सम्झौता नगर्नेबारे सहमति भएको स्रोतले बताएको छ ।
सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेश सभामा तत्कालीन सदस्य राजिब गुरूङ (दीपक मनाङे) को पद रिक्त भएपछि मनाङमा कार्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी आयोगले थालेको थियो ।

प्रकाशित मिति २०८२ आश्विन २०, सोमबार ०८:३९ गते
हजुरको प्रतिक्रिया