
काठमाडौं– यहाँ आयोजना नेपाल भारत विश्वविद्यालय प्राध्यापक दुई दिने सम्मेलन अन्ततः सर्न गएको छ । गत भदौ २३ र २४ गते देशमा जेनजी आन्दोलनका क्रममा भएको अकल्पनीय दुःखद र कारूणिक घटनाले देश नै शोकमा डुबेका कारण सो सम्मेलन स्थगत गर्नु परेको आयोजक नइ एकेडेमीद्वारा जारी विज्ञप्तिमा असोज २० गते जनाइएको छ ।
नइ एकेडेमीले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको प्राज्ञिक नेतृत्वमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गरेको हो । सो सम्मेलनको तयारी युद्धस्तरमा चल्दै थियो ।
सो सम्मेलनको आयोजक नइ एकेडेमीबाट तयारी हुँदै थियो । नइ तिहारपछि सम्मेलन गर्ने अभियानमा जुटेको थियो । नइ एकेडेमीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘गत भदौ २३ र २४ गते देशमा अकल्पनीय दुःखद र कारूणिक घटना घटेपछि हामी पनि विह्वोल र स्तब्ध भएका छौँ । अतः ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को तिथि मिति केही समय पर सार्नु परेको बेहोरा हामी अवगत गराउँदछौँ ।’
नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २५ जना प्राज्ञबाट दस्तावेजहरू प्राप्त भइसकेका नइ एकेडेमी सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ । उहाँका अनुसार दस्तावेज पठाउनु हुनेहरूमा प्रा.डा.ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.डा.कविता लामा, प्रा. केशव सुवेदी, प्रा.डा. कृष्णराज घतानी, प्रा.खेमराज जोशी, प्रा.डा.चक्रपाणि खनाल अनुहुन्छ । त्यस्तै, अन्यमा प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.जङ्गब चौहान, डा. टेकबहादुर छेत्री, प्रा.डा.ताराकान्त पाण्डेय, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्रा.डा. पुष्प शर्मा, प्रा.डा. भरतकुमार भट्टराई, डा. रजनी काफ्ले ढकाल, डा. राजकुमार क्षेत्री, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. लेखप्रसाद निरौला, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्रा.डा. सञ्जय रार्ई तथा डा.अरुणा रार्ई, डा.साधना पन्त ‘प्रतीक्षा’, डा. हर्कबहादुर शाहीका दस्तावेज प्राप्त भएका छन् । उहाँले भन्नुभयो, ‘यी दस्तावेजका समीक्षक तथा संयोजक प्रा.डा. महादेव अवस्थी हुनुहुन्छ ।’
सम्मेलनको सल्लाहकारमा प्रा. केशव सुवेदी रहनुभएको छ । प्रा.डा.अवस्थी र प्रा.सुवेदी दुवै जना त्रिमूर्ति निकेतनका संयोजक पनि हुनुहुन्छ ।
यस बृहत् कार्यका लागि ३५ लाख रूपैयाँ लाग्ने नइले आंकलन गरेको छ । यो सम्मेलन नइको आफ्नै स्रोतबाट हुने छ । नइका अनुसार् जनस्तरबाट पनि हामीले आार्थिक सहयोग लिएका छैनौँ; सहयोग पाए हामी धन्य नै हुनेछौँ । तर यस कार्यका लागि नेपाल सरकार या भारतबाट हामीले पैसा लिएका छैनौँ ।
सो अवसरमा ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थ प्रकाशित हुनेछ । ८० ग्रामको म्याफ लिथो कागतमा १८÷२४ इन्चको आकारको हार्ड कभरमा प्रकाशित हुने स्मारिका ८७२ पृष्ठको रहने छ । सो ग्रन्थ सम्मेलनका सम्पूर्ण सहभागीलाई निःशुल्क समर्पण गरिने प्रवन्ध छ ।
प्रकाशित मिति २०८२ आश्विन २१, मंगलवार ०६:०१ गते