
काठमाडौं– मुलुकमा आएको पछिल्लो वर्षाको कारण जलउत्पन्न विपद्बाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । असोज १७ गते रातिदेखिको वर्षाले देशभर ६० जनाको निधन भएको हो ।
सशस्त्र प्रहरी बलले जनाएको छ ।
निधन हुनेहरूमा पुरुष १९ जना, महिला २६ जना तथा नाबालक १५ जना रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताउनु भयो । उहाँका अनुसार इलाममा सबैभन्दा धेरै ३७ जनाको निधन भएको छ । उहाँले भन्नुभयो, तीमध्ये पुरुष १३, महिला १४ र नाबालक १० जना छन् ।’
इलाममा ३७, पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २ र सुनसरीमा १ जनाको निधन भएको छ ।
पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जनाको निधन भएको छ । उदयुपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक जना पुरुषको निधन भएको छ ।
रौतहट, मोरङ, सिन्धुली, महोत्तरी, सिन्धुपाल्चोक र काभ्रेपाल्चोकमा पनि मानिसहरूको मृत्यु भएको छ ।
रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जना, मोरङ, सिन्धुली र महोत्तरीमा एक÷एक जना महिलाको निधन भएको छ ।
उता, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेपाञ्चोकमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रकाशित मिति २०८२ आश्विन २१, मंगलवार ०८:१९ गते