काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आउँदो फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुटेको छ । फागुन २१ गतेको आमनिर्वाचनका लागि कार्यदल गठन गर्दै कार्यविभाजन गरेसँगै त्यस्तो खुलासा असोज २४ गते तय गरेको हो ।
कार्यदलले सात दिनभित्र सुझाव सङ्कलन गरी कार्तिक १५ भित्र उम्मेदवारी आह्वानको तयारी गर्नेछ । यसैबीच, रास्वपाले कार्तिक १५ गतेदेखि उम्मेदवारको तयारी सुुरु गर्ने भएको छ । उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्री विपीनकुमार आचार्यलाई सचिवालय बैठकले जिम्मेवारी दिइएको छ ।
सो क्रममा आयोजना गरिने भएको विस्तारित बैठक १४ र १५ कार्तिकमा चितवनमा सञ्चालन हुने भएको छ । पार्टी सचिवालय बैठकले विस्तारित बैठक दुई दिन बस्ने भएको छ ।
सो विस्तारित बैठकको व्यवस्थापन समितिको संयोजनका लागि केन्द्रीय सदस्य एवम् पूर्वसांसद हरि ढकाल संयोजक तोकिनु भएको छ । उहाँका अनुसार पार्टीका सबै संरचनाबाट गरी चार सय हारहारीमा बैठकमा सहभागी हुने छन् ।
वार्ता समितिको कमाण्डर उपसभापति स्वर्णिम वाग्ले :
यसैगरी, रास्वपाले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीका राजनीतिक वार्ता समितिको काम गर्न कमाण्डर तोकेको छ । पार्टी सचिवालय बैठकले विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन गर्ने जिम्मा उपसभापति वाग्लेलाई दिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
प्रवक्ता झाका अनुसार वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवद्र्धनका लागि विभिन्न सामाजिक– राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति स्वर्णिम वाग्लेले गर्ने निर्णय गरेको हो ।
विस्तारित बैठक कार्तिक १४ र १५ गते चितवनमा :
सो क्रममा आयोजना गरिने भएको विस्तारित बैठक कार्तिक १४ र १५ गते चितवनमा सञ्चालन हुने भएको छ । पार्टी सचिवालय बैठकले विस्तारित बैठक दुई दिन बस्ने भएको छ ।
सो विस्तारित बैठकको व्यवस्थापन समितिको संयोजनका लागि केन्द्रीय सदस्य एवम् पूर्वसांसद हरि ढकाल संयोजक तोकिनु भएको छ । उहाँका अनुसार पार्टीका सबै संरचनाबाट गरी चार सय हारहारीमा बैठकमा सहभागी हुने छन् ।
कार्तिक १५ गतेदेखि उम्मेदवार छनोटको तयारी : संयोजक सहमहामन्त्री विपीनकुमार आचार्य
यसैबीच, रास्वपाले कार्तिक १५ गतेदेखि उम्मेदवारको तयारी सुुरु गर्ने भएको छ । उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्री विपीनकुमार आचार्यलाई सचिवालय बैठकले जिम्मेवारी दिइएको छ ।
एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न आचार्यलाई तोकिएको हो । रास्वपाले प्रदेश सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको अवधि तोकिएको छ । कार्यदलको सुझावको आधारमा कार्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने प्रवक्ता मनिष झाले बताउनु भयो ।
सल्लाहकार परिषद् गठन :
रास्वपाले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को गठन प्रक्रिया सुरू गरेको छ । पहिलो चरणमा पाँच सदस्यीय परिषद्मा विज्ञ, लब्ध प्रतिष्ठित मनोनित गरिएको हो । परिषदमा मनोनित हुनेहरूमा पार्टी सचिवालयको बैठकले जगन्नाथ पौडेल (चितवन), नमस्तेलाल भूमि (तनहुँ) लाई विज्ञ सदस्य मनोनीत गरेको हो । सो समितिमा शोभा जोशी बिजुक्छे (ललितपुर), बुद्धिलाल विश्वकर्मा (सप्तरी), जय किशोर लाल (महोत्तरी)लाई पनि सदस्य मनोनित हुनु भएको छ ।
वरिष्ठ अधिवक्ता एवम् राजनीतिज्ञ पौडेल भूमि सर्वाङ्गीण विकासका साथै सरसफाई विज्ञ हुनुहुन्छ । पौडेल नेपाली कांग्रेस परित्याग गर्नु भएका चितवनका नेता पनि हुनुहुन्छ । कुनै दिन काँग्रेसका सभापति शेरबहादुर देउवाबाट कथित अनुशासनको कारवाही भोग्नु भएको पौडेलले ‘चितवनबासी मेरो साथमा छन् देउवाको कारवाहीले डराउदिन’ भन्दै देउवासँग टक्कर गरी हाँक दिने व्यक्तित्वसमेत हो ।
परिषद्का अर्का सदस्य नमस्तेलाल सर्वाङ्गीण विकास एवम् सरसफाई विज्ञ हुनुहुुन्छ । त्यसैगरी, विजुक्छे समाजसेवी हुनुका साथै उद्यमीसमेत हुनुहुन्छ । विश्वकर्मा पेशाले इन्जिनियर तथा जलस्रोत एवम् सिंचाइ विज्ञ हुनुहुन्छ । जयकिशोर लाल जनकपुर नर्सिङ क्याम्पस पूर्वप्रमुख हुनु भएको जानकारीमा आएको छ ।
सम्पन्न बैठकले असोज तेस्रो साता भएको जल उत्पन्न विपद प्रभावित क्षेत्रमा पार्टी पंक्तिबाट भएको उद्धार तथा राहतकार्यमा भएको प्रशंसनीय प्रयासको लागि धन्यवाद दिँदै राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन पार्टी केन्द्रबाट समेत सक्दो प्रयास गर्ने निर्णयसमेत गरेको जानकारीमा आएको छ
प्रकाशित मिति २०८२ आश्विन २४, शुक्रबार १९:२७ गते