लमजुङमा काँग्रेसका ८५ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरू महाधिवेशनको पक्षमा

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज २७ गते सोमबार ११:३६

अधिवेशनको पक्षमा दस्तखत नगर्ने अर्थात वर्तमान नेतृत्व नै ठीक भन्ने पक्षमा रहेकाहरूमा काँग्रेसका जिल्ला सभापति एवम् गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व जिल्ला सभापति एवम् सुन्दरबजार नगपालिकाका मेयर कृष्णप्रसाद कोइराला र सांस्कृतिक केन्द्रको केन्द्रीय समितिका अध्यक्ष तीर्थ थापा रहेको जानकारीमा आएको छ ।

प्रायः मझधारको नेतृत्वको छनक दिन प्रयास गर्नु हुने काँग्रेसका गण्डकी प्रदेशका सहसचिव एवम् मध्यनेपाल नरगपालिकाका मेयर रमेशकुमार पाण्डेले समेत महाधिवेशनका पक्षमा दस्तखत गर्नु भएको छ ।

बेसीशहर– लमजुङमा नेपाली काँग्रेसका ८५ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरू महाधिवेशनको पक्षमा देखिएका छन् । वर्तमान नेतृत्वको अनुहार लिएर निर्वाचनमा जान नसकिने भन्दै उनीहरूले महाअधिवेशनको माग गरेको बताएका छन ।
नेपाली काँग्रेसका महामन्त्रीहरूको १५औं नियमित महाधिवेशन यसै वर्ष गरौं, नभए बिशेष महाधिवेशन गरौं भन्ने आह्वानलाई मध्यनजर गर्दै लमजुङमा महाधिवेशनको पक्षमा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन कार्य भएको हो । त्यस कार्यको नेतृत्व काँग्रेसका निवर्तमान जिल्ला सभापति एवम् गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गर्नुभएको जानकारीमा आएको छ ।
हस्ताक्षर संकलनमा ८५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी केन्द्रमा बुझाई सकिएको जानकारीमा आएको छ । हस्ताक्षरका पक्षमा अझै संख्या बढ्न सक्ने सम्भावना रहेको स्रोतले औंल्याएको छ । विदेशमा बस्ने प्रतिनिधिहरूको समेत हस्ताक्षर झिकाइएको जानकारीमा आएको छ । त्यस्तो दस्तखत पठाउनेमा जीवन श्रेष्ठ, सुकमाया गुरुङ र ललितकुमार गुरुङ पनि हुनुहुन्छ ।
लमजुङमा जम्मा २८ जना महाधिवेशन प्रतिनिधिहरू(जिल्ला सभापति पदेनसमेत) रहेका छन् । तीमध्ये २२ जनाले महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नु भएको जानकारीमा आएको छ । विगतमा फरक धारको नेतृत्व गर्नु हुने तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङ तथा पूर्वजिल्ला सभापति तुल्सीनारयण श्रेष्ठ लगायतले समेत महाधिवेशनको पक्षमा दस्तखत गर्नु भएको खुल्न आएको छ ।
प्रायः मझधारको नेतृत्वको छनक दिन प्रयास गर्नु हुने काँग्रेसका गण्डकी प्रदेशका सहसचिव एवम् मध्यनेपाल नरगपालिकाका मेयर रमेशकुमार पाण्डेले समेत महाधिवेशनका पक्षमा दस्तखत गर्नु भएको छ ।
अहिले पुरानै नेतृत्वलाई निरन्तरता दिएर आम निर्वाचनमा जान नहुने आवाज सर्वत्र उठेको छ । श्रोतका अनुसार २८ जनामध्ये २२ जनाको हस्ताक्षर केन्द्रमा बुझाई सकिएको छ । महाअधिवेशन प्रतिनिधि रहनु भएकी दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ । उहाँले भएको भए यहाँले पनि महाधिवेशनका पक्षमा दस्तखत गर्नु हुन्थ्यो । यसप्रकार दस्तखत गर्ने संख्या ८५ प्रतिशत हुन आउने उल्लेख छ ।
अधिवेशनको पक्षमा दस्तखत नगर्ने अर्थात वर्तमान नेतृत्व नै ठीक भन्ने पक्षमा रहेकाहरूमा काँग्रेसका जिल्ला सभापति एवम् गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व जिल्ला सभापति एवम् सुन्दरबजार नगपालिकाका मेयर कृष्णप्रसाद कोइराला र सांस्कृतिक केन्द्रको केन्द्रीय समितिका अध्यक्ष तीर्थ थापा रहेको जानकारीमा आएको छ ।
स्मरणीय छ, महाधिवेशन माग गर्दै सो पक्षमा दस्तखत गर्नेहरूको दस्तखतको प्रतिलिपी अन्तरङ्ग न्यूजडटकमसँग सुरक्षित छ ।

प्रकाशित मिति २०८२ आश्विन २७, सोमबार ११:३६ गते
हजुरको प्रतिक्रिया