बेसीशहर– लमजुङमा अरिंगालले टोकेर घाइते भएका ८२ वर्षीय बृद्धको मृत्यु भएको छ । अरिंगालले टोकेको घाइते बनाएका स्थानीय नगरपालिका– ११, चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा असोज २७ गते विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेसीशहर नगरपालिका– ११, चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । प्रहरीका अनुसार तिवारीलाई अघिल्लो दिन साँझ बाटोमा हिड्दै गर्दा अरिंगाललले टोकेको थियो । अरिंगालको टोकाईबाट घाइते बनेका तिवारीको प्रदेश अस्पताल लमजुङमा प्राथमिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा तत्कालै रिफर गरिएको थियो ।
उपचारको क्रममा विहानी ४ बजेको समयमा उनको निधन भएको खबर आएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर साहले जानकारी दिनु भएको छ । उहाँका अनुसार बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिंगाललले टोकेर ती बृद्धलाई घाइते बनाएको थियो ।
उहाँले भन्नुभयो, ‘तत्काल उपचारका लागि बेसीशहरस्थित प्रदेश अस्पताल लमजुङमा ल्याइए पनि थप उपचारका लागि सोही साँझ चितवन पठाइएको थियो । उपचारकै क्रममा उनको बिहान ४ बजे मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी साहको भनाइ छ ।
उहाँका अनुसार तिवारीको मृत्यु भएपछि शव परीक्षण कार्य चितवनमा नै गरी त्यहीँबाट परिवारलाई शव बुझाउने काम गरिएको छ ।
प्रकाशित मिति २०८२ आश्विन २८, मंगलवार ०५:५७ गते