रास्वपा लमजुङद्वारा काजी दुराको परिवारप्रति समवेदना व्यक्त : फोटो फिचरसहित

रास्वपा लमजुङद्वारा काजी दुराको परिवारप्रति समवेदना व्यक्त : फोटो फिचरसहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज २९ गते बुधबार ११:५१

दुरा जातिको धर्म संस्कार, संस्कृति अनुसार स्वर्गीय आमाका लागि गरिएको अर्घुको समापनको दिनमा रास्वपाको टोली समवेदना व्यक्त गर्न र श्रद्धाञ्जली अर्पण गर्न असोज २८ गते ठूलोस्वाँरा स्थित उहाँको निवासमा पुगेको हो ।

रास्वपाका जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले कार्यक्रमको औचित्यमा प्रकाश पार्दै स्व. आमाको जीवनीमा प्रकाश पार्नु भएको थियो ।

सिन्दूरे(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङद्वारा सो दलको प्रदेश संगठन विभागका सदस्य चित्रकाजी दुराको निवास सुन्दरबजार नगरपालिका– ११, ठूलोस्वाँरामा पुगेर उहाँ र उहाँका पिता धनबहादुरसहितका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । रास्वपाका जिल्ला सभापति अशोक सापकोटाको नेतृत्वमा गएको सो टोलीले असोज २८ गते सो कार्य गरेको हो ।
काजीकी ममतामयी आमा विष्णा दुराको गत भदौ २२ गतेका दिन ८४ वर्षको उमेरमा निधन भएको हो ।
दुरा जातिको धर्म संस्कार, संस्कृति अनुसार स्वर्गीय आमाका लागि गरिएको अर्घुको समापनको दिनमा रास्वपाको टोली समवेदना व्यक्त गर्न र श्रद्धाञ्जली अर्पण गर्न असोज २८ गते ठूलोस्वाँरा स्थित उहाँको निवासमा पुगेको हो ।
रास्वपाको टोलीले एक अनौपचारिक कार्यक्रमका बीच स्व. आमाको आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरेको थियो । रास्वपाका जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले कार्यक्रमको औचित्यमा प्रकाश पार्दै स्व. आमाको जीवनीमा प्रकाश पार्नु भएको थियो । उहाँले यो दुःखको बेलामा रास्वपा शोकाकुल परिवारको साथमा छ, आमालाई गमाउनु पर्दा हामी पनि दुःखी छौं, यो शोकलाई शक्तिमा बदल्नका लागि भगवानले हामीसबैमा शक्ति प्रदान गरुन् भन्ने कामना गर्नु भएको थियो ।
साथमा पहाडीले रास्वपाको जिल्ला सल्लाहका परिषद र सुन्दरबजार नगरसमितिले प्रकाशन गरेका समवेदना पत्र र सो सम्बन्धि समाचार प्रकाशन भएका अन्तरङ्ग र लमजुङ रत्नको समवेदना वाचन गरी काजीलाई हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा स्व. विष्णाका पति एवम् चित्रकाजीका पिता धनबहादुर दुरा, बेलायती सेनामा सिनियर इनिस्पेक्टर रहनु भएका दुराजातिका पहिलो व्यक्तित्व मिनु दुरा, रास्वपाका जिल्ला सभापति अशोक सापकोटा, रास्वापाका जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारी, जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेल, सुन्दरबजार नगरपालिकाका नगर सभापति विमल अधिकारी, सो नगरपालिका– ३ का सभापति देवीजंग दुरा, वडानं– ४ का सभापति महेश अधिकारी, वडानं– ९ का अध्यक्ष मनोज अधिकारी, सुन्दरबजार नगर संगठन विभागका सदस्य डम्बर थापा, वडानं– ७ का सचिव विचारी पौडेल तथा सदस्य नवराज सापकोटा लगायतको सहभागिता थियो ।
स्वर्गीय विष्णा दुरा सुवेदार दीर्घसिंह दुरा र सन्तु दुराकी छोरी सिन्दूरेको ठूलोस्वाँरा, पामे गाउँ निवासी ८५ वर्षीय धनबहादुर दुराकी श्रीमती, काजीकी आमा विष्णाको हृदय घातका कारण निधन भएको थियो ।
रास्वपाका गण्डकी प्रदेश संगठन विभागका सदस्य काजी दुरा स्वर्गीय विष्णाका एकमात्र सुपुत्र हुनुहुन्छ भने छोरीहरू पाँच जना हुनुहुन्छ । त्यसैगरी, नातिनातिनाहरू पनि पाँच जना छन् ।
उक्त कार्यक्रमको फोटो फिचरसहित :

प्रकाशित मिति २०८२ आश्विन २९, बुधबार ११:५१ गते
हजुरको प्रतिक्रिया