लेम तमु गुरुङ समाज लमजुङको पहिलो अधिवेशन ऐतिहासिक बन्यो

लेम तमु गुरुङ समाज लमजुङको पहिलो अधिवेशन ऐतिहासिक बन्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज २९ गते बुधबार १२:१९

लेम तमु (लाम्छाने) गुरुङ समाजको अध्यक्षमा क्याप्टेन केविन्द्रजंग गुरुङ चयन हुनुभएको छ । समाजको उपाध्यक्षमा प्रेम जङ गुरुङ, महिला उपाध्यक्षमा टकमाया गुरुङ, सचिव टसवहादुर गुरुङ, सहसचिव चंचल प्रसाद गुरुङ र कोषाध्यक्षमा बेलवहादुर गुरुङ तथा सदस्यहरूमा आसकुमारी गुरुङ, जीतवहादुर गुरुङ, सुर जंङ गुरुङ, जमान गुरुङ, मिना गुरुङ, दुरमाया गुरुङ रहनुभएको छ ।

समाजको अध्यक्षमा क्याप्टेन केविन्द्रजंग गुरुङ चयन हुनुभएको छ ।

बेसीशहर– लेम तमु (लाम्छाने) गुरुङ समाज लमजुङको पहिलो अधिवेशन २०८२ ऐतिहासिक एवम् भव्य रुपमा सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष ओम गुरुङको प्रमुख आतिथ्यतामा बेसीशहर नगरपालिका– ७ शान्तिटोलस्थित बाबा तथा आमा समूह भवनमा भएको कार्यक्रममा लेम तमु (लाम्छाने) गुरुङ समाज लमजुङका सो अधिवेशन सम्पन्न भएको हो ।
प्रमुख अतिथि गुरुङले अधिवेशनको उदघाटन गर्नु हुँदै लामिछाने गुरुङ समुदायको पहिचान, संस्कृति र एकताको संरक्षणका लागि यो अधिवेशन ऐतिहासिक भएको बताउनुभयो । उहाँले समाजको ऐतिहासिक पृष्ठभूमि र हालसम्म गरिएको मुख्य कार्यका बारेमा प्रकाश पार्नु हुँदै संगठनात्मक एकतामार्फत समाजको हकहित र सशक्त उपस्थितिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
लेम तमु समाजका खोज तथा अनुसन्धानकर्ता टेकबहादुर गुरुङले अधिवेशनको उद्देश्य र आगामी योजनाबारे प्रकाश पार्नुभएको सो कार्यक्रममा समाजका केन्द्रीय सदस्य देवी कुमारी गुरुङ, समाजसेवी तथा धर्मोदय सभा लमजुङकी पूर्व अध्यक्ष सानुमाया गुरुङ, दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ, तमु बुद्धिजीवी गमप्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सहयोगदाता विभिन्न व्यक्तित्वहरूलाई दोसल्ला र बाङ्ग्रा ओडाएर सम्मान गरिएको थियो ।
समाजको अध्यक्षमा क्याप्टेन केविन्द्रजंग गुरुङ चयन :
लेम तमु (लाम्छाने) गुरुङ समाजको अध्यक्षमा क्याप्टेन केविन्द्रजंग गुरुङ चयन हुनुभएको छ । १५ सदस्यीय समितिमा दुई जना पछि मनोनित गर्ने गरी चयन गरिने बताइएको छ ।
समाजको उपाध्यक्षमा प्रेम जङ गुरुङ, महिला उपाध्यक्षमा टकमाया गुरुङ, सचिव टसवहादुर गुरुङ, सहसचिव चंचल प्रसाद गुरुङ र कोषाध्यक्षमा बेलवहादुर गुरुङ रहनुभएको छ । समितिको सदस्यहरूमा आसकुमारी गुरुङ, जीतवहादुर गुरुङ, सुर जंङ गुरुङ, जमान गुरुङ, मिना गुरुङ, दुरमाया गुरुङ रहनुभएको छ ।
समाजका अध्यक्ष क्याप्टेन कविन्द्रजंग गुरुङको अध्यक्षतामा भएको सो अधिवेशनको रेडियो मस्र्याङदीकी निर्देशक मिना गुरुङ र कमला गुरुङले सञ्चालन गर्नुभएको थियो । समाजका अध्यक्ष क्याप्टेन गुरुङले समापन गर्नुभएको थियो । अधिवेशनमा लमजुङमा रहेका आठवटै स्थानीय तहबाट झन्डै ६ सय लेम गुरुङहरूको उत्साहजनक सहभागिताले अधिवेशनलाई भव्य बनाएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८२ आश्विन २९, बुधबार १२:१९ गते
हजुरको प्रतिक्रिया