३४ वर्षीय इञ्जिनियर नवराज अधिकारीप्रति रास्वपाको श्रद्धाञ्जली

३४ वर्षीय इञ्जिनियर नवराज अधिकारीप्रति रास्वपाको श्रद्धाञ्जली

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज २९ गते बुधबार ०६:३६

वाइक दुर्घटनामा परी निधन हुनुभएका स्व. अधिकारीको सातौं पुण्य तिथिका दिन रास्वपाको जिल्ला समिति र सुन्दरबजार नगर समितिको संयुक्त टोली उहाँको निवासमा पुगेर स्व. नवराजप्रति श्रद्धाञ्जली र उहाँका पिता नन्दलाल, आमा पवित्रा(सुकमाया), श्रीमती सुस्मिता, छोरा सन्दीपलगायतको शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको हो ।

स्व. इन्जिनियर नवराजको मोटरसाइकल दुर्घटनामा परी काठमाडौंमा असोज २२ गते निधन भएको थियो ।

फोदीकुना, सुन्दरबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङले सुन्दरबजार नगरपलिका– ९ को फोदीकुना निवासी रास्वपाका शुभचिन्तक ३४ वर्षीय इञ्जिनियर नवराज अधिकारीप्रति उहाँको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ । रास्वपाका जिल्ला सभापति अशोक सापकोटाको नेतृत्वमा गएको टोलीले असोज २८ गते सो कार्य गरेको हो ।
वाइक दुर्घटनामा परी निधन हुनुभएका स्व. अधिकारीको सातौं पुण्य तिथिका दिन रास्वपाको जिल्ला समिति र सुन्दरबजार नगर समितिको संयुक्त टोली उहाँको निवासमा पुगेर स्व. नवराजप्रति श्रद्धाञ्जली र उहाँका पिता नन्दलाल, आमा पवित्रा(सुकमाया), श्रीमती सुस्मिता, छोरा सन्दीपलगायतको शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको हो । रास्वपाका सदस्य ज्ञानेन्द्र शर्माले सञ्चालन गर्नु भएको सो कार्यक्रमा स्व.आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो ।
उक्त कार्यक्रममा रास्वपाका जिल्ला सभापति अशोक सापकोटाका अतिरिक्त रास्वापाका जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, रास्वापाका जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारी, जिल्ला र्याट विभागका प्रमुख श्याम केसी, सुन्दरबजार नगरपालिकाका नगर सभापति विमल अधिकारी, नगर सचिव राजेन्द्र अधिकारी, सो नगरपालिका वडानं– ७ का सभापति प्रकाश पोखरेल, वडानं– ९ का सभापति मनोज अधिकारी, सुन्दरबजार नगर संगठन विभागका सदस्य डम्बर थापा, रास्वपा सदस्य नवराज सापकोटा, नवराज अधिकारी, रमेश विष्ट, राजकुमार विष्ट, दिल खड्का, देवीदल कँडेल, माधवप्रसाद ढुंगानालगायतको सहभागिता थियो ।
स्व. इन्जिनियर नवराजको मोटरसाइकल दुर्घटनामा परी काठमाडौंमा असोज २२ गते निधन भएको थियो ।

प्रकाशित मिति २०८२ आश्विन २९, बुधबार १८:३६ गते
हजुरको प्रतिक्रिया