
बेसीशहर– लमजुङमा इतिहास पुरुष कुश्माखर उपाध्याय घिमिरे घिमिरेहरूको मात्र पुर्खा नभई राष्ट्रको धरोहर भएको एक कार्यक्रका वक्ताले बताएका छन् । लमजुङमा श्री ३ कुश्माखर उपाध्याय घिमिरेको ५७३ औ जन्मजयन्ती पहिलो पटक मनाइएको कार्यक्रमका वक्ताहरूले असोज २७ गते त्यस्तो बताएका हुन् ।
संस्कृतविद् तथा प्राज्ञ डा. दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाँले हाम्रो कुल र पुर्खाको वारेमा थाहा पाउन, एतिहासिक र पौराणिक महत्वका कुराहरूप्रति सवैको चासो र अध्ययन हुनुपर्ने बताउनु भयो । उहाँले इतिहास अध्ययनको क्रममा भेटिएका कुश्माखर उपाध्याय घिमिरेको जीवनगाथाका र कार्यक्रका सहभागीले राखेका जिज्ञासाबारे प्रष्ट्याउँदै त्यस्तो बताउनु भयो ।
प्राज्ञ डा. पन्तले विगत र वर्तमानलाई हेर्ने हो भने जो जित्छ उसको मात्र इतिहास वन्दै आएको भन्दै जो हार्छ उसको इतिहास हुँदैन तर यो गलत हो भन्दै कुश्माखर उपाध्याय घिमिरे राष्ट्रको धरोहर भएको स्विकार गर्नुभयो ।
कार्यक्रममा घिमिरे वन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरेले कुश्माखर उपाध्याय घिमिरे, घिमिरेहरूको मात्र पुर्खा नभई राष्ट्रको धरोहर भएको बताउनु भयो ।
राज्यमा सुरक्षा कसरी गर्ने भन्ने शास्त्रको ज्ञाता भएका, सबै जातजातिलाई समान अवसर प्रदान समावेसी बनाउनेका काम पनि कुश्माखर घिमिरेले गरको भएपनि त्यस्ता ऐतिहासिक व्यक्तिलाई इतिहासले बिर्सिएको छ, घिमिरे राष्ट्रिय झण्डाको समेत परिकल्पनाकार भएको र लमजुङका ८ वटा कोटहरूको प्रतिनिधित्व गर्दै राष्ट्रिय झन्डामा ८ वटा कोणहरू उल्लेख भएको भन्दै पनि उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने संस्कृतिविद् प्रा.डा कान्ता भट्टराईले माग गर्नु भयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य रामप्रसाद घिमिरे, बेसीशहर ३ का वडा सदस्य उषादेवी बराल, विश्व हिन्दु महासंघका प्रदेश सदस्य पशुपति घिमिरे, स्थानीय जेष्ठ सदस्य अम्बिकाप्रसाद घिमिरे, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किसान संगितले मन्तव्य राख्नुभएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष अंगराज घिमिरेले स्वागत गर्दै कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठानले बेसीशहर नगरपालिका– ३ को रानीकुवामा घिमिरेको पूर्ण कदको शालिक निमार्ण गर्ने बताउनु भयो । उहाँले प्रतिष्ठानको जग्गा प्राप्ति भएको शालिक निमार्णको लागि प्रदेश सरकारबाट १५ लाख विनियोजन भएको समेत जानकारी दिनुभयो ।
१५१० असोज २७ गते लमजुङमा जन्मिएका कुश्माकर घिमिरेले १५५० मा तत्कालिन राज्यको शासन प्रणालीलाई सहज रुपले सञ्चालन गर्नको लागि यशोब्रम्ह शाहालाई ल्याएर पुरानकोटको दरबारमा राज्यअभिषेक गरि केही बर्ष पछि लमजुङको गाउँशहरमा रहेको दरबारमा ल्याएर लमजुङको राजा बनाई राज्य चलाएको इतिहासमा उल्लेख गरिएको छ ।
कार्यक्रमका अवसरमा जग्गा दातालाई प्रतिष्ठानको मानार्थ दस्यताद्वारा सम्मान गरिएको थियो । प्रतिष्ठानको लागि रहेको ४ आना ३ पैसा २ दाम जग्गा दान गर्नुहुने बेसीशहर नगरपालिका– ३ बाहुनवेसी निवासी स्वर्गिय डिल्लीराज घिमिरेकी धर्मपत्नी हिमादेवी घिमिरेलाई सम्मान पत्र सहित मानार्थ सदस्यता प्रदान गरेको हो ।
कार्यक्रमका अवसरमा जग्गा दातालाई प्रतिष्ठानको मानार्थ दस्यताद्वारा सम्मान गरिएको थियो । प्रतिष्ठानको लागि रहेको ४ आना ३ पैसा २ दाम जग्गा दान गर्नुहुने बेसीशहर नगरपालिका– ३ बाहुनवेसी निवासी स्वर्गिय डिल्लीराज घिमिरेकी धर्मपत्नी हिमादेवी घिमिरेलाई सम्मान पत्र सहित मानार्थ सदस्यता प्रदान गरेको हो ।
दिपक घिमिरेले धन्यवाद मन्तव्य गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ आश्विन ३०, बिहीबार १०:०७ गते