रास्वपामा सचिवालय अब १३ सदस्यीय, चार नयाँ अनुहार

रास्वपामा सचिवालय अब १३ सदस्यीय, चार नयाँ अनुहार

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २ गते आईतबार ०९:३३

सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल थपिनु भएको छ । सचिवालय बैठकमा उक्त प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताउनु भयो ।

रास्वपाको विधानमा २५ जनासम्मको पार्टी सचिवालय गठन गर्न सकिने व्यवस्था छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय अब १४ सदस्यीय भएको छ । सो समितिमा चार जना नयाँ सदस्य थपिएसँगै समितिको आकारमा कार्तिक १ गते बृद्धि भएको हो ।
पार्टी विधानको धारा २६ मा भएको व्यवस्था अनुसार सभापति रवि लामिछानेले सचिवालयमा ४ जना सदस्य मनोनीत गर्नु भएको हो । सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल थपिनु भएको छ । सचिवालय बैठकमा उक्त प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताउनु भयो । अब रास्वपाको सचिवालय १३ सदस्यीय भएको छ ।
उहाँहरू चारै जना तत्कालीन संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्थ्यो । रास्वपाको विधानमा सभापतिले सचिवालय सदस्य मनोनीत गर्ने व्यवस्था छ । विघटित प्रतिनिधिसभाका सबै प्रत्यक्ष निर्वाचित सांसदलाई सचिवालयमा मनोनीत गर्ने सैद्धान्तिक सहमति भएअनुसार चार जना मनोनीत गरिएको हो ।
अहिले सभापति रवि लामिछाने, कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता मनिष झा र सदस्यहरू दीपक बोहरा, सन्तोष परियार र विराजभक्त श्रेष्ठ हुनुहुन्छ ।
पार्टी विधानको धारा २६ मा भएको व्यवस्था अनुसार सभापति रवि लामिछानेले सचिवालयमा ४ जना सदस्य मनोनीत गर्नु भएको हो ।
रास्वपाको विधानमा २५ जनासम्मको पार्टी सचिवालय गठन गर्न सकिने व्यवस्था छ ।
‘पार्टी सचिवालयको गठन पार्टी सभापतिले आफूसहित निर्वाचित पदाधिकारीहरू, कोषाध्यक्ष, प्रवक्ता र बाँकी सदस्यहरू केन्द्रीय समितिबाट सभापतिले मनोनीत गरी २५ जनासम्मको पार्टी सचिवालय गठन गरी केन्द्रीय समितिमा जानकारी दिनुपर्नेछ,’ विधानमा भनिएको छ ।
आवश्यकता अनुसार, सभापतिले अन्य सदस्यहरू पनि सचिवालयमा थप्नसक्ने रास्वपाका एक नेताले बताए ।

प्रकाशित मिति २०८२ कार्तिक २, आईतवार ०९:३३ गते
हजुरको प्रतिक्रिया