राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान लमजुङको देउसी भैलो कार्यक्रम सुरु : फोटो फिचरसहित

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान लमजुङको देउसी भैलो कार्यक्रम सुरु : फोटो फिचरसहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २ गते आईतबार १२:३१

कार्तिक १ गतेदेखि सुरु भएको देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम आज कार्तिक २ गते तामाङ घुदुङको भवन, क्याम्पस रोडमा सञ्चालन हुनेछ भने भोलि ३ गते भोटेओडारमा र ४ गते सुन्दबरजारमा सो कार्यक्रम सञ्चालन हुने भएको जानकारी दिदै आयोजक संस्थाका अध्यक्ष अधिकारीले कार्यक्रमलाई सफल बनाउन सबैले हातेमालो गर्न प्रतिष्ठानले आग्रह गर्नु भएको छ ।

कार्यक्रममा वरिष्ठ लोकगायिका माया गुरूङ, गायक प्रशान्त तामाङ, गायिका पुजा परियार लगायत दुई दर्जन कलाकारको सहभागिता रहेको छ । यो कार्यक्रम कार्तिक ४ गतेसम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।

बेसीशहर– राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा लमजुङले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गरेको छ । कार्तिक १ गते सुरु भएको सो कार्यक्रम ४ गतेसम्म चल्ने आयोजकको भनाइ छ ।
देशमा शान्ति र सम्बृद्धिको कमना गर्दै कलाकार कल्याणकारी कोष स्थापना तथा प्रतिष्ठानले लमजुङमा आफ्नो कार्यालय भवन निर्माण गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम आयोजना गरेको राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले बताउनु भएको हो । उहाँका अनुसार कार्तिक १ गते सुरु भएको सो कार्यक्रम ४ गतेसम्म चल्ने छ ।
पहिलो दिन बेसीशहर नगरपालिका– ७ स्थित शान्ति टोल तमु समाज भवनमा भएको देउसी भैलो कार्यक्रममा वरिष्ठ लोकगायिका माया गुरूङ, गायक प्रशान्त तामाङ, गायिका पुजा परियार लगायत दुई दर्जन कलाकारको सहभागिता रहेको थियो । सो अवसरमा लमजुङका प्रहरी प्रमुख प्रनाउ रेशम बोहरा, पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडीसमेत सहभागी हुनुहुन्थ्यो । तमु ह्योला छोंज धिं बेसीशहर इकाई अन्तर्गत बेसीशहरका रहेका तमु समाजका पाँच वटा टोलहरू शान्ति टोल, शेरा टोल, प्रगती टोल, मनाङ्गे चौतारा र शहजी टोलका तमु समाजले देउसी भैलो कार्याक्रममा सहयोग गरेका थिए । त्यस्तै, कार्यक्रममा सहभागीहरूसमेत स्वतः स्फूर्त रुपमा सो अभियानमा सहयोग गरेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरूका साथै साहित्यकार, पत्रकारहरू, समाज सेवीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अपसी भेटघाट, शुभकामना आदान प्रदान गरिएको प्रतिष्ठान लमजुङ शाखाका अध्यक्ष अनुज अधिकारीले बताउनु भयो । उहाँका अनुसारले कार्यक्रमबाट अर्थ संकलनसँगै सांस्कृतिक विविधता संरक्षण परम्पराको प्रबद्र्धन र कालाकारहरूको हकहित सुरक्षित गर्ने विश्वास लिइएको छ । उहाँले भन्नुभयो, ‘कार्यक्रममा देउसी भैलो लगायत परम्परागत संस्कृतिक प्रस्तुती रहेको थियो ।’
देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम आज कार्तिक २ गते तामाङ घुदुङको भवन, क्याम्पस रोडमा सञ्चालन हुने छ भने भोलि ३ गते भोटेओडारमा र ४ गते सुन्दबरजारमा सो कार्यक्रम सञ्चालन हुने भएको जानकारी दिदै आयोजक संस्थाका अध्यक्ष अधिकारीले कार्यक्रमलाई सफल बनाउन सबैले हातेमालो गर्न प्रतिष्ठानले आग्रह समेत गरेको छ ।
कार्यक्रममा वरिष्ठ लोकगायिका माया गुरुङले आफ्नो २०४५ साल ताकाको बुहचर्चित ‘गाउँशहरमा लमजुङ दरबार, दिने थिए मायालाई कलिलो जोवन, भइसक्यो मेरो घरबार ……. ’ बोलको गीत प्रस्तुत गर्नु भएको थियो । उहाँलाई लक्ष्मी तामाङ र सावित्री पोखरेलले छाप्न साथ दिनु भएको थियो ।
कलाकार कल्याणकारी कोष र कार्यालय स्थापना भएपछि लमजुङका लोक तथा सांकृतिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सुविधा तथा कार्यमा टेवा पुग्ने आयोजकको भनाइ छ । पहिलो दिनमा करिब ४५ हजार रुपैया संकलन भएको उक्त कार्यक्रमको सञ्चालन प्रशान्त तामाङले गर्नु भएको थियो । कार्यक्रमको फोटो फिचरसहित :

प्रकाशित मिति २०८२ कार्तिक २, आईतवार १२:३१ गते
हजुरको प्रतिक्रिया