चितवनका ३१ वर्षीय विकास लमजुङमा मृत फेला, उनले अधिक रक्सी सेवन गरेको पुष्टि

चितवनका ३१ वर्षीय विकास लमजुङमा मृत फेला, उनले अधिक रक्सी सेवन गरेको पुष्टि

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक ५ गते बुधबार ०६:१३

प्रहरीका अनुसार मृतक चितवनको भरतपुर म.न.पा.– १७ भुवनवस्ति घर भएका बर्ष ३१ को विकास परियार भन्ने मृतकका मामा लमजुङ मर्स्याङदी गा.पा.– ७ तरान्चे बस्ने आईतमान परियारले सनाखत गरेका छन् ।

गत असोज २२ गतेदेखि मामा घर आइबसेको र आज बिहान मामाघरदेखि निस्की हिडेको भन्ने बुझिन आएको प्रहरी भनाइ छ ।

बेसीशहर– लमजुङमा चितवनका ३१ वर्षीय विकास परियार मृत फेला परेका छन् । लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङदी गा.पा.– ८ को घट्टेखोला स्थित बाटो उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले कार्तिक ५ गते जनाएको हो ।
विकास परियार आजै ४ बजे मृत फेला परेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार उनले अधिक रक्सी सेवन गरेको खुल्न आएको छ । मर्स्याङदी गा.पा.– ८ को घट्टेखोला करिब ३०– ३५ बर्षको पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनु भयो । उहाँका अनुसार जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घट्नास्थलतर्फ खटिएर गएको थियो । उहाँले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धानबाट मृतक चितवनको भरतपुर म.न.पा.– १७ भुवनवस्ति घर भएका बर्ष ३१ को विकास परियार भन्ने मृतकका मामा लमजुङ मर्स्याङदी गा.पा.– ७ तरान्चे बस्ने आईतमान परियारले सनाखत गरेका छन् ।’
अविवाहित रहेका उनी बडादशैंको पूर्णिमाको भोलिपल्ट गत असोज २२ गतेदेखि मामा घर आइबसेको र आज बिहान मामाघरदेखि निस्की हिडेको भन्ने बुझिन आएको प्रहरी भनाइ छ । उनको पहिचान खुेलेसँगै मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमका लागि शव प्रदेश अस्पताल लमजुङ ल्याउने काम भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनु भयो । उहाँका अनुसार मृतकले अत्याधिक मादक पदार्थ सेवन गर्ने भन्ने बुझिएको छ, अन्य थप अनुसन्धान जारी रहेको छ ।
मृतकका परिवारजनलाई बोलाउने काम भएको छ । उनीहरू आएपछि पोष्टमार्टम गरी शव बुझाउने तयारीमा प्रहरी रहेको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८२ कार्तिक ५, बुधबार १८:१३ गते
हजुरको प्रतिक्रिया