म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री कुलमान घिसिङ

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन : मन्त्री कुलमान घिसिङ

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक ६ गते बिहिबार ०६:४३

मसँग कुनै छलफल र सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु उहाँले भन्नुभएको छ ।  

मन्त्री घिसिङका अनुसार सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट्याउनु भएको छ । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्तिक ६ गते त्यस्तो बताउनु भएको हो ।

मन्त्री घिसिङले मसँग कुनै छलफल र सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको भन्दै खण्डन गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु, मसँग कुनै छलफल र सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु ।’

प्रकाशित मिति २०८२ कार्तिक ६, बिहीबार १८:४३ गते
हजुरको प्रतिक्रिया