रास्वपाद्वारा मर्स्याङदीमा कार्यकर्ता भेटघाटसहित अन्तरक्रिया : संगठन विस्तार गर्न निर्देशन

रास्वपाद्वारा मर्स्याङदीमा कार्यकर्ता भेटघाटसहित अन्तरक्रिया : संगठन विस्तार गर्न निर्देशन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक ८ गते शनिवार ०६:५८

पार्टीको काम गर्दा मूलतः तीन कुरामा ध्यान दिनु पर्नेमा जोड दिदै पहिलो भ्रष्टाचार नियन्त्रण, अर्को बेथितिका विरुद्धमा र सामाजिक न्यायका लागि काम गर्नु पर्नेमा जोड दिएको थियो ।

जेन जेड आन्दोलनमा धेरै युवा(७६ जना)को ज्यान गयो पनि तर उपलब्धि भने सोचे जस्तो हुन सकेको अनुभूति गर्न पाइएको छैन : धर्म केसी

खुदी(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा मर्स्याङदी गाउँपालिकामा कार्यकर्ता भेटघाट गरिएको छ । सो अवसरमा सहभागी नेताहरूले संगठन विस्तारमा सक्रियपूर्वक जुट्न कार्यकर्ताहरूलाई कार्तिक ८ गते निर्देशन दिनु भएको छ ।
अनौपचारिक रुपमा गरिएको उक्त अन्तरक्रियामा रास्वपाको केन्द्रीय संगठन विभागका प्रमुख एवम् रास्वपा लमजुङका संस्थापक संयोजक धर्म केसीले चुनावी महोल सुरु भएको छ । यो म्याराथुन दौडमा यस पटक हामीलाई हार्ने छुट छैन त्यसैले सबै साथीहरूले आ–आफनो क्षेत्रबाट पूर्णरुपमा खट्नु पर्ने स्थिति छ, त्यो काम गर्नुहुन अनुरोध गर्दछु भन्नु भयो । उहाँले गाउँमा घुम्दा के हुने रहेछ र नघुम्दा के हुने रहेछ भन्ने आजै पनि अनुभव गरेको सुनाउँदै उहाँले जेन जेड आन्दोलनपछिको देशको महोलमा केही अन्योल छाएको स्मरण गर्दै छोटो आन्दोलन उपलब्धिले सरकार ढालेर विश्वमै नयाँ रकेर्ड कायम गरेको हो भन्नुभयो । धेरै युवा(७६ जना)को ज्यान गयो पनि तर उपलब्धि भने सोचे जस्तो हुन सकेको अनुभूति गर्न पाइएको छैन । त्यसैले परिवर्तन चाहने सबै शक्ति एक भएर घोषित निर्वाचनमा जुट्नु पर्छ भन्ने पार्टीको बुझाई त, त्यसै अनुसार केन्द्र पनि तयारीमा जुटिरहेको उहाँले जानकारी दिनुभयो ।
नेता केसीले जेनजेड आन्दोलनमा पार्टीको नैतिक समर्थन रहेको बताउनु भयो । उनीहरूले हाम्रै मुद्दालाई मुखरित गरेका थिए । त्यसैले आन्दोलनको म्याण्डेट अनुसार काम हुनुपर्छ भन्ने हाम्रो भनाइ हो उहाँले उल्लेख गर्नुभयो । उहाँले एकाध दलले चर्को स्वर गरेपनि अर्थ हुने छैन, त्यो चुनाव धकेल्ने र अन्य बार्गेनिङका लागि पनि हुन सक्छ अरुको भन्दा पनि हामी हाम्रो कुरा गरौं र अघि बढौं भन्नुभयो ।
उहाँले पार्टीलाई गति दिनका लागि विगतमा आजसम्मका दिनमा भएका कामको समिक्षा गर्ने र भावि कार्यक्रम तथा योजना बनाएर अघि बढ्नु पर्छ भन्नुभयो । उहाँले यो पालिकामा पनि त्यसै अनुसार पालिका समितिलाई अघि बढाउने वातावरण मिलाउन होला भन्नुभयो ।
यसैगरी, कार्यक्रममा सहभागी प्रवास विभागका सदस्य एवम् युरोपियन देशका संयोजकले पार्टीको काम गर्दा मूलतः तीन कुरामा ध्यान दिनु पर्नेमा जोड दिदै पहिलो भ्रष्टाचार विरुद्ध, अर्को बेथितिका विरुद्धमा र सामाजिक न्यायका पक्षमा काम गर्नु पर्छ भन्नुभयो । उहाँले सामाजमा चर्को विभेद रहेको भन्दा यौटा कारमा आउने मान्छे र यौटा भारी बोकेर आउने मान्छेका विचमा विभेद गर्न हुन्न किनकि, दुवैको मानवीय मूल्य समान छ उहाँले उल्लेख गर्नु भयो । उहाँले कार्यकर्ताहरूले आफ्नो पेशा, आचारण र पदीय जिम्मेवारीमा विशेष ध्यान दिनु पर्छ भन्नुभयो । उहाँले सल्लाहकार समितिसहितका सबै समितिका गतिविधि चलायमान हुनु पर्छ, त्यसतर्फ ध्यान दिनु होला भन्नुभयो ।
सो अवसरमा जिल्ला सल्लाहकार समितिका संयोजक नवराज पहाडीले वडा– वडामा विस्तार भएको संगठनको वस्तुस्थिति विश्लेषण गरी अघि बढ्न र सदस्य संस्था पुगेका स्थानमा वडाअधिवेशन गरी हाल्ने र नपुगेका स्थानमा पुर्याउन प्रयास गर्ने, सदस्य संख्या कम भएका वडामा तदर्थ समिति गठन गरेर पनि अघि बढ्न सकिन्छ भन्ने सल्लाह दिनुभयो । उहाँले सल्लाहकार समितिलाई पूर्णता दिन नसकेको स्थिति प्रति आफ्नो ध्यान गएको छ । अबको १५ दिन भित्र समितिलाई पूर्णता दिएर समितिको वैठक बोलाउने उहाँले प्रद्धिवद्धता व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पाटीका जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारीले संगठन बिस्तार वडा, नगर, जिल्लाका टिम सशक्त ढंगले आआफ्नो पदको जिम्मेवार लिई काम गर्न सकियो भने मात्र पार्टी संगठन बलियो हुन्छ भन्नुभयो । उहाँले रास्वपा जन्मिनु र अरु कुनै पार्टीबाट आउनुको मुल कारण भष्टचारी, विसंगति, बेथिति अन्त्य गर्न हो, सुशासन, अनुशासनको धारमा वा ट्याकमा ल्याउन राष्ट्र र जनहितको काम वा एजेन्टा सहितको पुराना दल वा पार्टी भन्दा फरक ढंगले विकाश निर्माणका काम जुटन जुटाउन रास्वपाको भूमिका रहन्छ भन्नुभयो । अब भाषण छांटेर होइन शासन र नीतिगत रुपमा जनताको मन जित्ने गरि काम गर्न आजको आवश्यक्त रास्वपाको कांधमा आएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा मर्स्याङदी गाउँपालिकाका सभापति भद्रमोहन थापाले जेज जेड आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले पालिकामा संगठन विस्तारका लागि तपाईहरू नियमित आइदिनु पर्यो भन्नुभयो । नौलो अनुहार देखेपछि फरक पर्दोरहेछ भन्ने अनुभव सुनाउँदै सर्वसाधारणमा रहेको पार्टीप्रतिको चासोमा मार्गदर्शन पाइरहने वातावरण बनाउन आग्रह गर्नु भयो ।
यसैगरी सो पालिकाका पार्टी सचिव चन्द्रप्रसाद घिमिरेले ऐलेको अवस्था चुनौतिपूर्ण रहेको भन्दै उहाँले निरन्तर फलोअपको जरुरी छ त्यसका लागि हामीलाई तपाईहरूको साथको खाचो छ भन्नुभयो । उहाँले तपाईहरू सबैको एकै पटक अनुकुल नहुन सक्छ, एक दुई जनाका दरले कहिले कोही, कहिले कोही गरेर आउनु भएमा हामीलाई उर्जा प्राप्त हुन्छ सर कार्यमा जिल्ला र केन्द्रको ध्यानाकर्षण गर्दछु भन्नुभयो ।
उक्त अवसरमा जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारी, जिल्ला सल्लाहकार परिषदका सहसंयोजक ठाकुर सुवेदी, रास्वपा सुन्दरबजार नगरपालिकाका सभापति विमल अधिकारी, जिल्ला र्याट विभागका सदस्य विश्वराज थापा, पालिका समितिका सदस्य रामकाजी थापा, नन्द लामा, जगबहादुर तामाङ, तिलकबहादुर भण्डारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ कार्तिक ८, शनिबार १८:५८ गते
हजुरको प्रतिक्रिया