रास्वपाका केन्द्रीय नेता राणाद्वारा प्रशिक्षण शैलीमा कार्यकर्ताहरूसँग भेटघाट

रास्वपाका केन्द्रीय नेता राणाद्वारा प्रशिक्षण शैलीमा कार्यकर्ताहरूसँग भेटघाट

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक १२ गते बुधबार ०८:५७

राणाले आजको कार्यकर्ता भेटघाटमा रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालको पालामा हुने गरेको पार्टीको सञ्चालन विधिदेखि त्यसपछिका दिन र आजसम्म पार्टी के कसरी सञ्चालन भइरहेको छ ? देखि सुमना श्रेष्ठको पार्टी बहिर्गमनका सन्दर्भलाई समेत संक्षेपमा जानकारी गराउनुभएको थियो ।

उहाँले जोड दिदै भन्नुभयो, ‘राष्ट्रिय भेलाले दिएको अधिवेशनको म्याण्डेड पुरा गर्न नसकेपछि र त्यो मिति समाप्त भएपछि अबको  राष्ट्रिय भेलाले पार्टीको अधिवेशन तथा निर्वाचनलाई मध्यनजर गरी कार्यक्रम बनाएर अघि बढ्नु पर्छ ।’

भोटेओडार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय नेता अर्थात गैर आवासीय (एनआरएन) विभागका उपप्रमुख डा. प्रणय राणाले प्रशिक्षण शैलीमा कार्यकर्ता भेटघाट गर्नु भएको छ । कार्तिक ११ गते छोटो समयमा यहाँ गरिएको राणासँगको भेटघाट अर्थपूर्ण रहेको सहभागीहरूले बताएका छन् ।
केन्द्रीय समितिप्रति विटा प्रश्न, गुनासा तथा सझाव लिएर उहाँलाई भेट्न पुगेका कार्यकर्ताहरूले उहाँका कुरा सुनिसकेपछि भने थप केही भन्न आवश्यक नरहेको बताए । नेपालमा भएको सशस्त्र द्वन्द्वकालमा राम्रो सैन्य अभ्यासको अनुभव हासिल गर्नु भएका रास्वपा केन्द्रीय सदस्य राणाले द्वन्द्व व्यवस्थापनमा अमेरिकाबाट विद्यावारिधि गर्नु भएको हो । त्यसैले पनि उहाँ नेपालमा पछिल्ला केही दशक यता हुने र चल्ने हरेक प्रकारका द्वन्द्वको साक्षी समेत हुनुहुन्छ ।
केन्द्रीय सदस्य राणा रास्वपाको संस्थापक सदस्यसमेत हुनुहुन्छ भने उहाँ गत आमनिर्वाचनमा काठमाडौंको निर्वाचन क्षेत्र नं.– ५ मा रास्वपाबाट प्रत्यक्षतर्फबाट उम्मेवादरसमेत हुनुहुन्थ्यो ।
नेता राणाले कार्यकर्ता भेटघाटमा रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालको पालामा हुने गरेको पार्टीको सञ्चालन विधिदेखि त्यसपछिका दिन र आजसम्म पार्टी के कसरी सञ्चालन भइरहेको छ ? देखि सुमना श्रेष्ठको पार्टी बहिर्गमनका सन्दर्भलाई समेत संक्षेपमा जानकारी गराउनुभएको थियो । उहाँले मुकुलका पालामा निर्णय पहिल्यै गरिएको हुन्थ्यो, केन्द्रीय समितिमा ल्याएर ताली बजाउने काम मात्र गर्न लगाइन्थ्यो, त्यसपछिको अवस्थाबारेमा यहाँहरू धेरैनै जानकार हुनुभएको पाउँदा खुशी लाग्यो भन्नुभयो । उहाँले पार्टी संगठनको संरचनामा रुपान्तरण जरुरी छ । त्यसैले पनि अधिवेशन आवश्यक छ भन्नेमा जोड दिनुभएको थियो । उहाँले जोड दिदै भन्नुभयो, ‘राष्ट्रिय भेलाले दिएको अधिवेशनको म्याण्डेड पुरा गर्न नसकेपछि र त्यो मिति समाप्त भएपछि अबको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको अधिवेशन तथा निर्वाचनलाई मध्यनजर गरी कार्यक्रम बनाएर अघि बढ्नु पर्छ ।’
उहाँले हाम्रो पार्टीको र जेन जेडका माग एउटै थिए । तर त्यो आन्दोलन किन परिणाममुखी हुन सकेन भन्ने बारेमा समेत उदाहरण सहित प्रष्ट्याउनु भएको थियो । उहाँले रास्वपा प्रदेश खारेज गर्ने पक्षमा नभई प्रदेश सभा खारेज गरेर अनावश्यक खर्च कटौती गरी सुशासन स्थापित गर्न चाहन्छ भन्नुभयो । उहाँले स्थानीय तहमा निःशुल्क कानुनी परामर्शदाताको प्रवन्ध गरेर सर्वसाधारणलाई न्यायको प्रत्याभूति दिलाउनु जरुरी छ भन्नुभयो । उहाँले १० लाखको लेनदेनमा २ लाख मध्यस्तकर्तालाई दिने परिपाटी (जुन नेपालको सर्वत्र छ) रहदासम्म सुशासन कायम हुन सक्दैन भन्ने ठोकुवा गर्नुभयो ।
आफूहरूले पार्टीको वागमति प्रदेशबाट स्थानीय मुद्दाहरू समेत समेटेर पार्टीको दस्तावेज तयारमा लागेको बताउँदै उहाँले आमचुनावका साथै अधिवेशनको समेत तयारीमा जुट्नु पर्ने बेला आएको छ त्यो आग्रह गर्दछु भन्ने उल्लेख गर्नु भयो । पार्टी संगठनको काम के कसरी गर्नु पर्छ ? भन्ने उदाहरण दिदै काठमाडौं जिल्लाका १३८ वडामध्ये १२२ वटामा पार्टीको संरचना निर्माण गरिसकेका छौं, बाँकीमा छिटै बन्ने वाला छ, त्यसका लागि के कति खटेका छौं भन्ने हामीहरू र त्यहाँका टोल– टोल, गाउँ– गाउँका पार्टी सदस्यहरूलाई थाहा छ भन्नुहुँदै यो जिल्लाको अवस्थाका के छ ? भन्ने जानकारी माग्नु भएको थियो । उहाँले भन्नुभयो, ‘तपाईहरू एकजुट भएर पार्टीका लागि काम गर्नु होला, महाधिवेशनमा यो जिल्लाको २५, २६ मताधिकार हुन्छ त्यो कम होइन, छिमेकी जिल्लासँग पनि राम्रो सम्बन्ध राखी अघि बढ्न आग्रह गर्दछु ।’
सो अवसरमा काठमाडौंको निर्वाचन क्षेत्रीय समितिका सदस्य कैलाश सिलुवालले पार्टीलाई योजनाबद्ध रुपमा अघि बढाउन, कमीकमजोरी सुधार गर्न प्रयास जारी रहेको बताउनु भयो । पार्टीमा लागि सकेपछि जिम्मेवार भूमिका खोज्नु र त्यसमा रहनु स्वभाविक हो तर त्यसको पदीय मर्यादा राख्न सक्नु पर्छ भन्नुभयो ।
रास्वपाका जिल्ला सभापति अशोक सापकोटाले लमजुङमा ८ पालिका रहेको, तीमध्ये छ पालिकामा पार्टीको समिति क्रियाशील रहेको, जिल्लामा ७५ वटा वडा रहेको र तीमध्ये ३४ वटामा पार्टी संरचना बनिसकेको र थप १८– २० वडामा निकट भविष्यमै संरचना बनाउने तयारी छ भन्ने जानकारी दिनुभएको थियो ।
जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले पार्टीका निर्णयहरू र निर्देशन पटक पटक किन बदलिने गर्छन् ? कार्यकर्ता साथीहरूलाई दिइएको आश्वास अनुसारका काम वर्ष दिन वित्दा पनि किन आलटाल हुन्छ ? यस्ता ढिलासुस्तीका गतिविधिले कार्यकर्ताहरूमा उत्पन्न उत्साहसमेत सेलाउने गरेको बताउनु भयो । यस्ता गतिविधिले पुराना पार्टीभन्दा भिन्न भएको कसरी मान्ने ? उहाँको प्रश्न थियो । २०८४ मा नियमित आमनिर्वाचन हुन्छ भन्ने सबैलाई थाहा थियो तर ‘‘मिसन ८४’ भन्दै पार्टीका नेताहरूबाट बढी नै रट्ने गरिदा कहिलेकाहीँ आफूलाई अड फिलसमेत हुने गरेको थियो तर त्यो त ८२ मै आयो, अनि हाम्रा नेताहरूमा पनि दुरदर्शीता कहाँ रह्यो ? उहाँले थप प्रश्न थियो । प्रचार सामग्री र प्रशिक्षणका अभावले जिल्लाको पार्टी गतिविधि प्रायः शून्य जस्तो रहेको समेत उहाँले उल्लेख गर्नुभयो । केन्द्र र प्रदेशले जिल्लालाई उपेक्षा गरेको स्मरण गराउँदै हिजोका दिनमा संसदको पनि सम्पर्क व्यक्ति(इन्चार्ज) तोकिए भन्ने सुनिन्थ्यो, आज पनि पार्टीले त्यस्तो जिम्मा दिएको छ भनिन्छ तर दुवैथरीको नाक मुख देख्न जिल्लामा रहर किन भइरहेको छ ? उहाँको थप प्रश्न थियो ।
सुन्दरबजार नगरका सभापति विमल अधिकारीले भ्रष्टाचार शून्य भन्दैमा र शून्य हुँदैमा विकास र रोजगारी सिर्जना हुने हुन्छ र ? पार्टीको आर्थिक नीति, परराष्ट्र नीति के हो ? भन्ने जिज्ञासा राख्नु भएको थियो । उहाँले नेतृत्व दुरदर्शी र काम पारदर्शी हुन जरुरी छ भन्नेमा जोड दिनुभएको थियो ।
उक्त भेटघाट कार्यक्रममा जिल्ला संगठन विभागका प्रमुख वावुराम अधिकारी, सुन्दरबजार नगरपालिका– ७ का पार्टी वडा सभापति विष्णुप्रसाद गौली, सोही पालिका– ९ का पार्टी वडा सभापति मनोज अधिकारी, सदस्यद्वय सित्तलकुमार श्रेष्ठ, सरिता अधिकारी घिमिरे, नगर र्याट विभागका सदस्य मिनबहादुर बानिया, दिपक जिसी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ कार्तिक १२, बुधबार ०८:५७ गते
हजुरको प्रतिक्रिया