आज राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको कार्यालय उदघाटन सहितको वनभोज

आज राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको कार्यालय उदघाटन सहितको वनभोज

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक १४ गते शुक्रबार १०:१६

प्रतिष्ठानको शाखा कार्यालय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापा मगरले उदघाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

प्रतिष्ठानद्वारा तिहार पर्वका अवसरमा शाखाकोतर्फबाट खेलेको देउसी भैलोमा चार लाख रुपैयाँ संकलन भएको छ ।

बेसीशहर– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, लमजुङ शाखाको कार्यालय उदघाटन सहित वनभोज कार्यक्रम हुने तयारी छ । प्रतिष्ठानको कार्यालय बेसीशहर नगरपालिका– ७ को क्याम्पस रोडमा स्थापना गरिएको छ ।
प्रतिष्ठानको शाखा कार्यालय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापा मगरले उदघाटन गर्नु हुने कार्यक्रम रहेको प्रतिष्ठाको शाखाका अध्यक्ष एवम् पत्रकार अनुज अधिकारीले बताउनु भयो । उहाँका अनुसार अध्यक्ष मगरको लमजुङ आगमन यो दोस्रो पटक हो ।
उहाँले भन्नुभयो, ‘हालै सम्पन्न तिहार पर्वका अवसरमा शाखाको तर्फबाट देउसी भैलो खेलेर चार लाख रुपैयाँ संकलन भएको छ ।’ भैले बेसीशहर भोटेओडार र सुन्दरबजारका क्षेत्रमा खेलिएको थियो । सो रकमले कार्यालय सञ्चालन तथा वनभोज कार्यक्रमको आयोजना गरिएको हो ।’ आफ्नो दास्रो कार्यकालको अन्तिम चरण चलिरहेको हुँदा केही नयाँ कार्यक्रम आफ्नो पालामा हुनुपर्छ भन्ने धारणा अनुसार यो काम गरेको अध्यक्ष अधिकारीले बताउनु भयो ।
वन भोज कार्यक्रम सिम्पानी बगैंचामा राखिएको छ । मौसमको गडबडीका कारण वन भोज भने प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति २०८२ कार्तिक १४, शुक्रबार १०:१६ गते
हजुरको प्रतिक्रिया