बेसीशहरमा दुई सार्वजनिक महत्वका भवनमा गए राती ढुंगा प्रहार गर्ने तीन पक्राउ

बेसीशहरमा दुई सार्वजनिक महत्वका भवनमा गए राती ढुंगा प्रहार गर्ने तीन पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक १४ गते शुक्रबार ०९:०६

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेका निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनु भएको छ ।

सो घट्नामा संलग्न भनिएको तीनैजना १८ वर्ष उमेरका छन् ।

लमजुङ– दुर्ई सार्वजनिक महत्वका भवनमा गए राती ढुंगा प्रहार गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा र लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको भवनमा कार्तिक १३ गते राती ढुंगा प्रहार भएको थियो ।
सो घटनामा संलग्न भन्दै प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेको जनाकाएको छ । पक्राउ गर्नेमा तीनै जना १८ वर्षका छन् । उनीहरू बेसीशहर नगरपालिका– ८, मालपोतचोकका आयुष आलेमगर, दोर्दी घर भई बेसीशहर नगरपालिका– ८ बस्ने प्रदिप तामाङ र बेसीशहर नगरपालिका– १० का योगेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनु भएको छ ।
उहाँका अनुसार बेसीशहर नगरपालिका– ८ स्थित प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरको झ्याल तथा बेसीशहर नगरपालिका– ८ झ्याङखोला स्थित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लि.को भवनको पछाडिको झ्यालमा अज्ञात व्यक्तिहरूद्वारा ढुंगा प्रहार गरी सिसा फुटाएको सम्बन्धमा आज बिहान सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटाई अनुसन्धान कार्य प्रारम्भ गरिएको थियो । उहाँले भन्नुभयो, ‘अनुसन्धानका क्रममा घटनामा संलग्न रहेका निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।’
यदि संलग्न व्यक्तिहरूले अपराध पुष्टि भयो भने यो कार्य प्रहरीलाई मिल्ने विरलैको सफलताको श्रेणीमा यो घट्ना पनि पर्ने जानकारहरू बताउछन् ।

प्रकाशित मिति २०८२ कार्तिक १४, शुक्रबार २१:०६ गते
हजुरको प्रतिक्रिया