काठमाडौं– सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीदको नाम सार्वजनिक गरेको छ ।
भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय कार्तिक १७ गते गरिएको हो ।
सरकारले नेपालको राष्ट्र हित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन–जी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
४५ जनालाई सहिद घोषणा गरिएको र थपका बारेमा अध्ययन भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । त्यो संख्यामा गोरखा, नुवाकोट, सुन्धुली र सुनुसरीका ३÷३ जना रहेका छन् । काठमाडौं, उदयपुर, बाके, बझाङ, काभ्रे, उदयपुर, सिन्धुपाल्चोक, बैतडी, झापाका २÷२ जना रहेका छन् ।
एक एक जना शहीद हुने जिल्लाहरूमा पाँचथर, संखुवासभा, मोरङ, धनकुटा, सिरहा, सर्लाही, पर्सा, दोलखा, नुवाकोट, चितवन, ललितपुर, कास्की, अर्घाखाची, बाग्लुङ, बझाङ, बाजुरा, कैलाली र दार्चुला रहेका छन् ।
सोक्रममा शहीद घोषणा भएकाहरूको नामावली ः
१. बुद्धिबहादुरतामाङ, कीर्तिपुर– २, काठमाडौं
२. सन्तोष विश्वकर्मा, बेलका– ४, उदयपुर
३. सुलभराज श्रेष्ठ, नेपालगञ्ज– १, बाँके
४. श्रीयम चौलागाईं, बेलबारी– ११, मोरङ
५. ईस्वतबहादुर अधिकारी, का.म.पा– ११, काठमाडौं
६. आयुष थापा, नेपालगन्ज– १, बाँके
७. गौरव जोशी, धनगढी– ५, कैलाली
८. योगबहादुर श्रेष्ठ, बारबिसे– ६, सिन्धुपाल्चोक
९. माधवसारू मगर, भूमिकास्थान– ४, अर्घाखाँची
१०. बिमलबाबु भट्ट, बारपाकसुलिकोट– ५, गोरखा
११. असहाव आलम ठकुराई, विरगंज– १२, पर्सा
१२. सौरनकिशोर श्रेष्ठ, बाग्लुङ– ४, बाग्लुङ
१३. सुभाषकुमार बोहरा, खप्तडछान्ना– ७, बझाङ
१४. रसिक खतिवडा खत्री, पनौती– १०, काभ्रे
१५. विनोद महर्जन, ललितपुर– ७, ललितपुर
१६. दिलनारायण तामाङ, तिमाल– ७, काभ्रे
१७. योगेन्द्र न्यौपाने, गोलान्जोर– १, सिन्धुली
१८. अभिषेक श्रेष्ठ, इनरुवान.पा– ६, सुनसरी
१९. मोहन सरदार, इटहरी– १४, सुनसरी
२०. छत्रमान कुथुमी, पाख्रिबास– २, धनकुटा
२१. ओझन बुढा, स्वामिकार्तिकखापर– २, बाजुरा
२२. साजन राई, धरान– २२, सुनसरी
२३. अनिश पराजुली, पालुङटार– ३, गोरखा
२४. सारकुमार राई, चौदन्डीगढी– ३, उदयपुर
२५. अर्जुन भट्ट, गण्डकी– ४, गोर्खा
२६. धिरज श्रेष्ठ, तादी – ३, नुवाकोट
२७. देवकुमार सुवेदी, लालबन्दी– ५, सर्लाही
२८. उमेश महत, चौतारा साँगाचोकगढी– ८, सिन्धुपाल्चोक
२९. प्रविण कुलुङ, सिलिचुङ– ३, संखुवासभा
३०. निखिता गौतम, कालिका– ८, चितवन
३१. अभिषेक चौलागाईं, शैलुङ– ४, दोलखा
३२. विजय चौधरी, लहान– १५, सिरहा
३३. भिमराज धामी, दुर्गाथली– १, बझाङ
३४. निरज पन्त, दशरथ– ६, बैतडी
३५. दीपक सिंह साउद, शिवनाथ– २, बैतडी
३६. शुभराज बलामी श्रेष्ठ, ककनी– १, नुवाकोट
३७. ज्ञानिन्द्र सेढाईं, अर्जुनधारा– ११, झापा
३८. दिनेश राजवंशी, अर्जुनधारा– ८, झापा
३९. कमल भण्डारी, हिलिहाङ– २, पाँचथर
४०. दिपेश सुनुवार, तिनपाटन– ६, सिन्धुली
४१. महेश बुढाथोकी, विगु– ३, दोलखा
४२. लच्छुमान राई, पञ्चकन्या– २, नुवाकोट
४३. मिलन राय, दुधौली– ८, सिन्धुली
४४. अमृत गुरुङ, रुपा– ५, कास्की
४५. उत्तम थापा, लेकाम– ३, दार्चुला रहेका छन् ।
स्मरणीय छ, यसअघि २०८० सालको पुस २८ गते शहीद संख्या १४ हजार ७९८ जना पुगेको घोषणा गरेको थियो ।
प्रकाशित मिति २०८२ कार्तिक १७, सोमबार २१:४५ गते