
खुदी(लमजुङ)– लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङदी गाउँपालिका– ३ को खुदीमा ठूली एकादशी मेलाका अवसरमा सञ्चालन गरिएको पालिकाको वडास्तरीय फुटबल प्रतियोगिताको क्वाटर फाइनलका खेल कार्तिक २० गते सम्पन्न भएको हो ।
आजको पहिलो खेल मर्स्याङ्दी गाँउपालिका वडा नं. १ को युनाइटेड युवा क्लब ए घनपोखरा र आयोजक खुदी युथ बि बिच भएकोमा २–० गोल अन्तरले घनपोखरा टिम विजयी भएको छ । आजको दोस्रो खेल बढि वाइ सी एफ वडा नं. ७ र आयोजक खुदी युथ ए बिचमा भएको थियो । सो खेलमा २–१ गोल अन्तरले वडा नं. ७ को टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।
आजको तेस्रो खेल ए वाइ सि वडा नं. १ र घनपोखरा वडा नं. १ विचमा भएको प्रतिस्पर्धामा कसैले पनि गोल गर्न नसकि बराबरी रह्यो । पेनाल्टी सुट आउटमा ७–६ गोल अन्तरले ए वाइ सि विजयी भएको छ ।
यसैगरी, आजको अन्तिम खेल मर्स्याङ्दी वडा नं. ९ को भलाम चौर र मर्स्याङ्दी वडा नं. ६ ठुलीबेसी स्थित सिर्जना युवा क्लब टिमका विच भएकोमा खेल अवधिमा दुवै पक्षबाट १–१ गोल गरी बराबरीमा टुङ्ग्ीयो । पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरका साथ वडा नं. ९ को भलाम चौर टिम विजयी भइ सेमीफाइनलमा प्रवेश गरेको छ ।
भोली शुक्रबार सेमीफाइनलका दुई खेल हुने भएको आयोजक खुदी युथका सचिव अविनाश भण्डारीले बताउनु भएको छ । उहाँका अनुसार पहिलो खेल ए वाइ सि घनपोखरा वडा नं. १ र युनाइटेड युवा क्लब घनपोखरा वडा नं. २ विच हुने भएको छ । यसैगरी सेमिफाइनलको दोस्रो खेल बढि एफ सि वडा नं. ७ र भलाभ चौर वडा नं. ९ का विच हुनेछ । उहाँले भन्नुभयो, ‘प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।’ फाइनल खेल हुनु अघि महिलाहरूका बिच मैत्रीपूर्ण खेल सञ्चालन गर्ने तयारी रहेको भण्डारीको भनाइ छ ।
सो प्रतियोगितामा पहिलो हुने टिमलाई ५० हजार नगद, बोका कप, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई २५ हजार नगद, बोका कप, मेडल र प्रमाणपत्र रहेको आयोजक खुदी युथका अध्यक्ष रवि थापाले जानकारी दिनु भएको छ । उहाँका अनुसार उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई २÷२ हजार नगद र प्रमाणपत्र प्रदान गरिने तयारी रहेको छ ।
प्रकाशित मिति २०८२ कार्तिक २०, बिहीबार २१:१८ गते