ठाडोभाकाको तीनदिने प्रशिक्षणको गाउँपालिकाका अध्यक्ष गुरुङद्वारा उद्घाटन

ठाडोभाकाको तीनदिने प्रशिक्षणको गाउँपालिकाका अध्यक्ष गुरुङद्वारा उद्घाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २० गते बिहिबार ०९:३४

सो प्रशिक्षणमा पालिकाका ४ विद्यालयसहित ४२ जना सहभागी रहेका छन् ।

पालिका अध्यक्ष गुरुङद्वारा ठाडोभाका लोककला प्रतिष्ठानको कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता

सग्रबास(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठानको आयोजना तथा स्थानीय लललीगुराँस आमा समूहको व्यवस्थापनमा यहाँ सञ्चालन गरिएको ३ दिने निःशुल्क प्रशिक्षण कार्तिक २० गते यहाँ सुरु भएको छ । सो प्रशिक्षणको दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले उद्घाटन गर्नु भएको हो ।
आफ्नो संक्षिप्त उद्घाटन मन्तव्यमा अध्यक्ष गुरुङले कलासंगीत मानव जीवनका लागि अपरिहार्य छ, यसले मानिसमा हासो खुशी दिई सुखी वनाउछ भने स्वास्थ्य जीवनका लागि पनि गीतसंगीत आवश्यक छ भन्नू भयो । उहाँले लमजुङको सबैभन्दा विकट र पिछडिएको यो गाउँपालिका भएझै बजेट पनि अत्यन्तै न्यून हुने हुदा चाहेर पनि सहयोग गर्न नसकेको स्थिति छ, तर पनि केही न केही सहयोग गर्ने छनैं भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रशिक्षण कार्यक्रम राख्नु वेस छ, तर कामको सिजन हुदा सहभागितामा कमी हुन्छ कि ! भन्नेमात्र हो, त्यो पनि सन्तोषजनकनै पाए उहाँले भन्नु हुदै कार्यक्रमको सफलताको कामना गर्नुभयो ।
सो अवसरमा प्रमुख प्रशिक्षक, आयोजक प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले मानिसको जीवनमा कलासंगीतजस्तो प्रिय वस्तु अर्को छैन, विदेशमा गाईभैंसीका फर्ममा संगीत सुन्ने गाईभैंसीले दूधसमेत धेरै दिने गरेको सुनाउनु भयो । उहाँले प्रशिक्षणको आयोजना गरेर दूधपोखरीवासी त्यसमा पनि सग्रवासवासीले सराहनीय कार्य गरेको बताउनु भयो । कला संगीत र मित्रता एउटै मालामा उनिएका फूल हुन्, यो मित्रता हामी जुगजुगसम्म कायम राख्न चाहन्छौ भन्दै उहाँले कला संगीतलाई कुनै पनि जात, धर्म, राजनीतिक संकिर्ण रेघामा बाधिदैन र त्यस्तो कार्य हामी कसैबाट नहोस् भन्नेमा जोड दिनुभयो ।
सो अवसरमा सोही पालिकाको वडानं– ४ का अध्यक्ष ओमबहादुर गुरुङले आफ्नो वडामा यो दास्रो कार्यक्रम भएको र यस्तो कार्यक्रम सञ्चालन भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले दूधपोखरी ठाडोभाकाको खानी भएको बताउदै विभिन्न कलाकारको नाम स्मरण गर्नु भएको थियोे । सिक्ने सिकाउने कार्य झनै महत्त्वपूर्ण छ सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रमको अध्यक्षतासमेत गर्नु भएका प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले दूधपोखरी गाउँपालिकाले प्रशिक्षण कार्यक्रम गर्ने मौका प्रदान गरेको भन्दै खासगरी वडानं ४ वासी, त्यसमा पनि लालीगुराँस आमा समूह, कार्यक्रमका संयोजक प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टीमाया तामाङप्रति आभारी छौं भन्नुभयो । कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरण गर्न यस्ता प्रशिक्षणको सञ्चालन गर्ने गरेको जानकारी दिनुभयो । उहाँले नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरण गर्न ४५ वर्ष कम उमेरका ठाडोभाका गायक गायिकालाई २२ हजार २२२ रुपैयाँको नगद पुरस्कार ठाडोभाका गायक अहे सन्तबहादुर गुरुङको स्मृतिमा विगत २ वर्षदेखि सम्मान गर्दै आएको बताउनुभयो । त्यस्तै, यो वर्षदेखि प्रतियोगिताको टिममा कम्तिमा एकजना ३५ वर्ष कम उमेरका भाइबहिनीलाई अनिवार्य रुपमा राख्नै पर्ने नीति तय गरेको जानकारी दिनु भयो, सर्त पुरा नगर्ने टिमको नंवर घट्ने छ भन्ने उल्लेख गर्नुभयो ।
यो प्रतिष्ठान गैरनाफामूलक संस्था भएको हुदा कार्यक्रम गर्नका लागि लालीगुराँस आमा समूह जस्ता मनकारी संस्थाले सहयोग गरेका ठाउँमा आफूहरू जहाँ पनि पुग्ने गरेको र पुग्ने छौ भन्नुभयो ।
प्रशिक्षणका सहभागीहरुमध्ये उत्कृष्ट विद्यालयलाई जोर भलिबल र एकथान नेट पुरस्कार स्वरुप प्रदान गर्ने बताउनु भयो । सो पुरस्कार प्रतिष्ठानका सल्लाहकार पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले प्रायोजन गर्नु भएको जानकारी दिदै सल्लाहकार जवानी वेलामा भलिबल खेलको राम्रो सटर भएको जानकारी दिनुभयो ।
त्यस्तै अन्य सहभागीलाई वरिष्ठ लोक तथा दोहोरी गायिका सिर्जना विरही थापा प्रतिभा पुरस्कार पाँच जनालाई प्रदान गर्ने छौ भन्नु भयो । सिर्जना विरही स्याङ्जाकी चेली भएर लमजुङको ठाडोभाकालाई माया गरेर डेढलाखको अक्षयकोष स्थापना गरेर प्रतिष्ठान परिवारलाई जीवनभर तिर्न नसक्ने गुण लगाउनु भएको छ उहाँले भन्नुभयो ।
वरिष्ठ पत्रकार समेत रहनुभएका पहाडीले तपाईंहरु कोही अन्यायमा पर्नु भएको छ वा कसैले दुःख दिएको छ भने त्यसलाई समाचारको रुप दिएर सहयोग गरिआएको र सहयोग गर्न तयार छु भन्नुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन कार्यकारी सदस्य देवराज गुरुङले गर्नुभएको थियोे ।
सो अवसरमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गर्ने विभिन्न संस्थाहरु तथा व्यक्तित्वलाई कदरपत्र र मालाद्वारा सम्मान गरिएको थियोे । सम्मानितहरुलाई प्रतिष्ठानका संरक्षक धम्पुले माला, प्रशिक्षणको व्यवस्थापनामा सहयोग गर्ने लालीगुराँस आमा समूहका अध्यक्ष सन्तमाया तामाङले टिका र प्रतिष्ठानका अध्यक्ष पहाडीले कदरपत्र हस्तान्तरण गर्नु भएको थियोे ।

प्रकाशित मिति २०८२ कार्तिक २०, बिहीबार २१:३४ गते
हजुरको प्रतिक्रिया