सग्रवास( लमजुङ)– ठाडोभाका प्रशिक्षणको दोस्रो दिन आयोजक ठाडोभाका लोककला प्रतिष्ठानको टिमलाई भव्य रुपमा स्वागत सम्मान गरेको छ । प्रशिक्षणको कार्यक्रम स्थलमा त्यस्तो सम्मान गरिएको हो । महिला समूहका अध्यक्ष वनमाया गुरुङको नेतृत्वमा...
सग्रवास( लमजुङ)– ठाडोभाका प्रशिक्षणको दोस्रो दिन आयोजक ठाडोभाका लोककला प्रतिष्ठानको टिमलाई भव्य रुपमा स्वागत सम्मान गरेको छ । प्रशिक्षणको कार्यक्रम स्थलमा त्यस्तो सम्मान गरिएको हो । महिला समूहका अध्यक्ष वनमाया गुरुङको नेतृत्वमा कार्यक्रम स्थलमा आएको सो टोलीले प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा धम्पु , अध्यक्ष नवराज पहाडी सहितको ९ सदस्यीय टोलीलाई स्वागत सम्मान गरेको हो । सो अवसरमा आमा समूहको टोलीले प्रतिष्ठानको टोलीलाई आफ्नो गाउँमा निमन्त्रणा समेत गरेको छ । सो निमन्त्रणालाई सहर्ष स्विकार गरेको प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले बताउनु भयो । प्रशिक्षणको दोस्रो दिन आज ठाडोभाकाको तीनवटै विधाका शैलीमा प्रकाश पार्दै प्रयोगात्मक सीप समेत सिकाईएको थियोे । सहभागीले अत्यन्तै रुचिका साथ सिक्ने काम गरेको भन्दै प्रशिक्षक त्रय ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, महिला प्रशिक्षक एवम् उपाध्यक्ष सीतादेवी दुरा र कार्यकारी सदस्य देवराज गुरुङले बताउनुभयो । सो प्रशिक्षणमा कार्यकारी सदस्य एवम् ठाडोभाकाका अग्रज गायक अमरध्वज गुरुङ, कार्यकारी सदस्य मीना गुरुङ र प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य कृष्णमान श्रेष्ठले सहायक प्रशिक्षकको भूमिका निभाउनु भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार प्रशिक्षण अनुकरणीय रहेको छ । उहाँले भन्नुभयो, यो क्रममा पनि केही सिकाई भएको छ, त्यसलाई आउदा प्रशिक्षणमा प्रयोग गर्ने छौं । प्रशिक्षणमा विद्यार्थीलाई सहभागी गराइएकोमा आयोजकको प्रशंसा गरिएको छ ।
सो अवसरमा ठाडोभाकाका अग्रज ७० वर्ष नाघेका गायक गायिकाहरुलाई सम्मान गर्ने नीति अनुसार नौमाया गुरुङलाई सम्मान गरिएको थियोे । उहाँलाई प्रतिष्ठानका संरक्षक धम्पु, अध्यक्ष पहाडी, अग्रज गायक अमरध्वज गुरुङले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । उक्त कार्यक्रमको फोटो फिचरः
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..