काठमाडौं– सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवको हुने भएको छ । स्थापनाकालदेखिनै नेपाली साहित्यको श्रीबृद्धिमा जुटिरहेको नइ एकेडेमीले सो कार्यको तयारी गरेको कार्तिक २५ गते जानकारी दिएको हो ।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको नइ एकेडेमी सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार विशिष्ट बौद्धिक स्रष्टा विजय मल्ल नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तै बहुआयामियक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्व हुन् ।
नइ एकेडेमी सदस्यसचिव प्रसाईले भन्नुभयो, ‘नइ एकेडेमीका पूर्व कोषाध्यक्ष सुरबहादुर श्रेष्ठ विजय मल्ल शताब्दी महोत्सवको आर्थिक संयोजक रहनु भएको छ ।’
विजय मल्ल शताब्दी महोत्सवका अवसरमा डा. साधना प्रतीक्षाकृत ‘नारीवादी नाटककार विजय मल्ल’ र नरेन्द्रराज प्रसाईबाट लिखित ‘विजय मल्लको जीवनी’ कृति प्रकाशित गरिने भएका छन् ।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको नइ एकेडेमी सदस्यसचिव प्रसाईले जानकारी दिनुभयो ।
सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको जन्म १९८२ सालमा काठमाडौँमा भएको थियो ।
प्रकाशित मिति २०८२ कार्तिक २५, मंगलवार १७:२३ गते