निर्वाचनको संघारमा महाधिवेशन विवादले पार्टी विभाजन हुन सक्छ : काँग्रेस नेता डा. शेखर कोइराला

निर्वाचनको संघारमा महाधिवेशन विवादले पार्टी विभाजन हुन सक्छ : काँग्रेस नेता डा. शेखर कोइराला

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २५ गते मङ्गलबार ०६:१२

पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गी भूमिका खेलिरहेको पनि नेता कोइरालाले उल्लेख गर्नु भयो । बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहे पनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा उहाँको जोड छ ।

विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भएको जनाउँदै कोइरालाले पार्टी एकता जोगाउन केन्द्रीय समिति बैठकबाटै निर्णय हुनुपर्नेमा जोड दिनु भएको छ ।

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको संघारमा रहेको बेलामा पार्टीमा महाधिवेशनको विवादले पार्टी विभाजनको खतरा निम्त्याउनसक्ने चेतावनी दिनु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्न नसकेमा पार्टी विभाजनको अवस्था आउनसक्ने उहाँले कार्तिक २५ गते बताउनु भएको हो ।

पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गी भूमिका खेलिरहेको पनि नेता कोइरालाले उल्लेख गर्नु भयो । बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहे पनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा उहाँको जोड छ ।

विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै डा. कोइरालाले उक्त हस्ताक्षर प्रमाणिकरणको प्रक्रिया सुरु हुने दिनदेखि नै कांग्रेस विभाजनको सम्भावना रहेको भन्दै केन्द्रीय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनु भएको हो । बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शङ्का नरहे पनि पार्टी एकता जोगाउन केन्द्रीय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्ने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ, त्यसमा हस्ताक्षर प्रमाणिकरण सुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ । ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि ! बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो ।’

उहाँले थप भन्नुभयो, ‘त्यसकारण मैले केन्द्रीय समितिको बैठकले नै निर्णय ग¥यो भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यहीँबाट निर्णय गरौँ भन्ने मेरो मान्यता हो ।’ ५५ प्रतिशत हस्ताक्षर जुन भएको छ, त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन, बाध्यात्मक हुन्छ । तर, पार्टी विभाजनतिर नजाओस् भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौँ नेता कोइरालाले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८२ कार्तिक २५, मंगलवार १८:१२ गते
हजुरको प्रतिक्रिया