म त यहाँ आनन्दमा छु, पीडामा त यिनीहरू छन् नि ! : रास्वपा सभापति रवि लामिछाने

म त यहाँ आनन्दमा छु, पीडामा त यिनीहरू छन् नि ! : रास्वपा सभापति रवि लामिछाने

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २५ गते मङ्गलबार ०६:३९

नेता मिश्रको प्रतिक्रिया छ, ‘धेरै अघि नै मैले भनिसकेको थिएँ, रवीको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णतः प्रतिशोधबाट प्रेरित थियो । बर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु ।’

डेढ घण्टाभन्दा लामो छाति खोलेर गरिएको गफको स्मरण गर्दै रविन्द्र भन्नुहुन्छ, ‘अङ्कमाल गरेर गफ शुरू गरेका थियौँ, अङ्कमाल गरैरै टुङ्ग्यायौँ ।’

काठमाडौं– ‘म त यहाँ आनन्दमा छु, पीडामा त यिनीहरू छन् नि !’ यो भनाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हो । आज सभापति रवि लामिछानेलाई नख्खु कारागार भेटेपछि राप्रपाका नेता रबिन्द्र मिश्रले त्यो क्षणको स्मरण गर्दै लेख्नुभएको फेसबुक स्टाटसबाट कार्तिक २५ गते उद्धृत गरिएको हो ।
डेढ घण्टाभन्दा लामो छाति खोलेर गरिएको गफ गरिएको स्मरण गर्दै रविन्द्र भन्नुहुन्छ, ‘अङ्कमाल गरेर गफ शुरू गरेका थियौँ, अङ्कमाल गरैरै टुङ्ग्यायौँ ।’
रविन्द्र मिश्रले लेख्नु भएको छ, ‘आजको भेटमा रवीको उर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुशी भएँ । उनले भने, ‘म यिनीहरूसँग लड्ने नै हो, दाइ ! म त यहाँ आनन्दमा छु, पीडामा त यिनीहरू छन् नि !’
नेता मिश्रको प्रतिक्रिया छ, ‘धेरै अघि नै मैले भनिसकेको थिएँ, रवीको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णतः प्रतिशोधबाट प्रेरित थियो । बर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु ।’
त्यसअगाडि उहाँले आफ्नो स्टाटसमा लेख्नु भएको छ, ‘औपचारिक कार्यक्रममा सम्मानजनक भाषा प्रयोग गरे पनि, अनौपचारिक अवस्थामा मैले नेपालमा ‘तिमी’ भनेर सम्वोधन गर्ने थोरै मान्छेमा रवी पनि पर्छन् । सामान्यतया म २०/२२ वर्षका युवालाई पनि ‘जी’ले सम्वोधन गर्छु र ‘तपाईँ’ भन्छु । मलाई पनि त्यसै गर्न अनुरोध गर्छु, कतिपयले मान्नु हुन्न, त्यो भिन्दै कुरा हो ।
रवि र म वाल्यकालमा लगभग एउटै टोलमा हुर्कियौँ । रवीको दाइ हरिशरण पनि मेरो तिमी–तिमीको साथी।
डेढ घण्टाभन्दा लामो छाति खोलेर गरिएको गफको अन्त्यमा रविले भने, ‘हाम्रो यो वाल्यकालदेखिको दाइ–भाइको गफ हो, खुब मजा आयो ।’
राजनीतिकरूपमा कहिलेकाहिँ घोचपेच भए पनि मेरो रवीप्रतिको मानवीय सद्भभावमा कहिल्यै कमी आएन नेता मिश्रको भनाइ छ । छुट्टिने बेलामा रविले भनेको स्मरण गर्दै मिश्रले रविले आफूलाई भनेको भन्दै लेख्नु भएको छ, ‘म त यहाँ आनन्दमा छु, पीडामा त यिनीहरू छन् नि !’  यिनीहरूको अर्थ हो, उहाँलाई झुठा मुद्दामा फसाउनेहरु ।
अन्त्यमा रविन्द्र लेख्नु हुन्छ, ‘हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरैधेरै शुभकामना छ, रवि, तिमीलाई !’
उहाँका अनुसार चार वर्ष अघिको यो फोटो मिश्रकै फेसबुक वाटबाट ।

प्रकाशित मिति २०८२ कार्तिक २५, मंगलवार १८:३९ गते
हजुरको प्रतिक्रिया