विहार विधानसभा निर्वाचन : एनडीए गठबन्धनलाई दुई तिहाई बहुमत, भाजपा पहिलो दल

विहार विधानसभा निर्वाचन : एनडीए गठबन्धनलाई दुई तिहाई बहुमत, भाजपा पहिलो दल

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २९ गते शनिवार ०७:४८

यो नतिजासँगै ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित फेरि बिहारका मुख्यमन्त्री बन्ने छन् । महागठबन्धनले ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो ।

गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए ।

विराटनगर– भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुई तिहाई मत प्राप्त गरेको छ । कुल दुई सय ४३ सिटका लागि भएको मतदानको मतगणना आज कार्तिक २९ गते गएराति सम्पन्न भएको हो ।
एनडीए गठबन्धनले दुई सय दुई सिट जितेको छ भने भारतीय जनता पार्टी (भाजपा) पहिलो दल बनेको छ । भाजपाले सबैभन्दा धेरै ८९ ठाउँमा जीत हासिल गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार दोस्रो स्थानमा रहेको जनता दल युनाइटेडले ८५ सिट जित हासिल गरेको छ ।
कांग्रेस नेतृत्वको महागठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी) ३४ सिटमा सिमित भएको छ । अन्यले सात सिट जितेका छन् ।
यो नतिजासँगै ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित फेरि बिहारका मुख्यमन्त्री बन्ने छन् । महागठबन्धनले ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो ।
बिहार विधानसभा चुनावका लागि गएको नोभेम्बर ६ र ११ तारिखमा गरी दुई चरणमा मतदान भएको थियो । बिहारमा यस पटक कीर्तिमानी ६७.३ प्रतिशत मत खसेको थियो । यो मत सन् १९५१ पछिकै सबैभन्दा धेरै हो ।
नतिजा घोषण अघिको अपडेट अनुसार एनडीएले २४३ मध्ये २०१ सिटमा जित हासिल गर्नसक्ने देखिएको थियो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनाव आफ्नो पक्षमा देखिएको बताउनुभएको छ । उहाँले यो जीतलाई ‘सुशासनको जीत’ भन्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्मरणीय छ, निर्वाचन अघि १३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेका थिए । गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए ।

प्रकाशित मिति २०८२ कार्तिक २९, शनिबार ०७:४८ गते
हजुरको प्रतिक्रिया