शेख हसिनालाई मृत्युदण्डको फैसला : मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर

शेख हसिनालाई मृत्युदण्डको फैसला : मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर

एजेन्सी

@antaranganews

२०८२ मङ्सिर १ गते सोमबार ०८:४१

हसिनाको मुद्दा मात्रै हेर्न बनाइएको न्यायाधिकरणले उनलाई तीन वटा कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो । हसिनाले त्यो फैसलालाई जालझेलपूर्ण भन्ने संज्ञा दिएकी छन् ।

त्यतिबेला १४ सय भन्दा बढी प्रदर्शनकारीहरू मारिएका थिए भने २५ हजारभन्दा बढी घाइते भएका थिए । त्यसपछि हसिना अघिल्लो वर्षदेखि भारतको शरणमा निर्वासित जीवन विताइरहेकी छन् ।

विविसी– बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधीकरणले मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘बिबिसी’ले जनाएको छ । उनी विरुद्ध मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय हुने फैसला मंसिर १ गते गरिएको हो ।
गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोह क्रममा भएका व्यापक हिंसात्मक घटनामा हसिनाको संलग्नता रहेको ठहर गर्दै न्यायाधीकरणले यस्तो फैसला सुनाएको हो । भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो । ४५३ पृष्ठको फैसलालाई न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ६ भागमा विभाजन गरी अदालतमा वाचन गरेका थिए। यो फैसला बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।
हसिनाको मुद्दा मात्रै हेर्न बनाइएको न्यायाधिकरणले उनलाई तीन वटा कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो । हसिनाले त्यसलाई जालझेलपूर्ण भन्ने ंसंज्ञा दिएकी छन् । उनका अनुसार यो राजनीतिक प्रतिशोधपूर्ण फैसला हो । यो फैसला पूर्वनिर्धारित र नियोजित रहेको पनि उनले बताएको भनेर भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
पाँच आरोप, तीन अभियुक्त, गिरफ्तारी वारन्ट :
अभियोजन पक्षले गत जुनमा शेख हसिनासहित तीन जनाविरुद्ध पाँचवटा औपचारिक आरोप दर्ता गरेको थियो । ती आरोपका आधारमा हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमालविरुद्ध गिरफ्तारी वारन्ट समेत जारी गरिएको थियो । विद्रोहका दिनहरूमा देशभरि भएका विस्तृत हिंसात्मक घटनामा हसिनाको भूमिका रहेको अभियोजन पक्षको दाबी छ ।
गत वर्ष जुलाई–अगस्टको आन्दोलनमा १,४०० जनाको हत्या र २५ हजारजति घाइते भएको दाबी अभियोजक ताजुल इस्लामले न्यायाधीकरणमा पेस गरेका थिए । मृतकहरूको सूचीसमेत अदालतमा बुझाइएको थियो । अभियोजन पक्षले तीनै अभियुक्तविरुद्ध ७४७ पृष्ठको प्रमाण–दस्तावेज पेस गरेको थियो ।
हत्या, हत्या प्रयास, षड्यन्त्र, हिंसा दुरूत्साहक र सञ्चालनमा भूमिका जस्ता पाँच मुख्य अपराधमा उनीहरूलाई दोषी बनाइएको छ ।
‘रजाकार’ टिप्पणी मुख्य आधार ः
अभियोजन पक्षका अनुसार १४ जुलाईमा प्रधानमन्त्री रहेका बेला हसिनाले पत्रकार सम्मेलनमा विद्यार्थीहरूलाई ‘रजाकारका छोरा–नाति’ भन्दै गरेको टिप्पणीले विद्रोहलाई थप हिंसात्मक बनाएको थियो । बंगलादेशमा ‘रजाकार’ शब्द १९७१ को मुक्तियुद्धमा पाकिस्तानी सेनाको पक्षमा लागेको समूहका सदस्यहरूप्रति प्रयोग हुने अपमानजनक शब्द हो ।
अभियोजन पक्षले दाबी गरेको छ, सरकारका शीर्ष अधिकारीहरूको उक्साहट र निर्देशनमा, सुरक्षा निकाय र सत्तारूढ अवामी लीगका समूहहरूले निहत्था विद्यार्थी तथा सर्वसाधारणमाथि संगठित आक्रमण गरेका थिए ।
गत वर्ष बंगलादेशमा भएको विद्यार्थीहरूको आन्दोलन हिंसात्मक हुँदा त्यतिबेला प्रधानमन्त्री रहेकी हसिनाले बल प्रयोग गरेकी थिइन् । त्यसका बाबजुद विद्यार्थीहरुको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिना देश छाडेर भागेकी थिइन् । त्यतिबेला १४ सय भन्दा बढी प्रदर्शनकारीहरू मारिएकाभार थिए भने २५ हजारभन्दा बढी घाइते भएका थिए ।
स्मरणीय छ, बंगलादेशमा १५ वर्ष एकछत्र सत्ता चलाएकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरूद्धको अपराध कसुरमा मृत्युदण्डको सजाय सुनाइएको हो । उनका बुबा शेख मुजिबुर रहमानको हत्या गरिएको थियो ।

उनका विरुद्धमा अभियोजकहरूले हत्या, हत्या प्रयास, उक्साएको, हिंसा नरोकेको लगायतका कसुरमा मुद्दा दर्ता भएको थियो । ती कसुरमा उनीविरूद्ध यसअघि नै बंगलादेशले पक्राउ पुर्जी जारी गरिसकेको थियो ।

त्यतिबेला १४ सय भन्दा बढी प्रदर्शनकारीहरू मारिएका थिए भने २५ हजारभन्दा बढी घाइते भएका थिए । अहिले ती मुद्दामा उनलाई दोषी ठहर गर्दै मृत्यु दण्डको सजाय सुनाएको हो ।त्यसपछि हसिना अघिल्लो वर्षदेखि तको शरणमा निर्वासित जीवन विताइरहेकी छन् ।

प्रकाशित मिति २०८२ मंसिर १, सोमबार २०:४१ गते
हजुरको प्रतिक्रिया