रास्वपाको गण्डकी प्रदेशस्तीय अभिमुखीकरण जुम बैठक : पार्टीले चुनाव जित्ने कारण र रणनीति तय गर्न कार्यकर्तालाई निर्देशन

रास्वपाको गण्डकी प्रदेशस्तीय अभिमुखीकरण जुम बैठक : पार्टीले चुनाव जित्ने कारण र रणनीति तय गर्न कार्यकर्तालाई निर्देशन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर ३ गते बुधबार ०६:०८

केन्द्रीय तथ्यांक तथा अभिलेखीकरण विभागका प्रमुख रविकिरण अधिकारीले पार्टीले चुनाव जित्ने तीन कारण खोल्दै ती रणनीतिलाई थप प्रभावकारी बनाउनका लागि उक्त फारमलाई वस्तुपरक ढंगबाट व्यापक छलफल गरी भर्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँले समाजमा खस्कदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै कार्यकर्ताले स्वअध्ययन, पार्टीका दस्तावेज आदि अध्ययनमा पनि प्राथमिकता दिनु पर्ने उल्लेख गर्नु भएको थियो ।

लमजुङका जिल्ला समितिका पदाधिकारी, सदस्यबाहेक आठ जिल्लाका ८३ जना सहभागी भएको आयोजनकद्वारा जानकारी दिइएको थियो । बैठकमा स्वमूल्यांकन फारमका आधारमा पार्टी र कार्यकर्ताको धरातलीय एवम् वस्तुगत स्थितिको विश्लेषण गरिने जानकारी दिइएको थियो ।

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को गण्डकी प्रदेश समितिको आयोजनामा प्रदेशस्तीय अभिमुखीकरण जुम बैठक मंसिर २ गते साँझ सम्पन्न भएको छ । सो बैठकमा सो दलको लमजुङका जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूबाहेक अन्य केही सदस्यसहित प्रदेशमा रहेका आठ जिल्लाका ८३ जना सहभागी भएको बताइएको थियो ।
रास्वपाको गण्डकी प्रदेश समितिका सभापति राजन गौतमको अध्यक्षतामा भएको बैठकको सञ्चालन रास्वपाका सचिवालय सदस्य गणेश पराजुलीले गर्नु भएको थियो । उक्त अवसरमा केन्द्रीय तथ्यांक तथा अभिलेखीकरण विभागका प्रमुख रविकिरण अधिकारीले स्वमूल्यांकन फारमको आवश्यकता, महत्व, उपलब्धि र त्यो फारम भर्ने विधिका बारेमा संक्षिप्त जानकारी दिनु भएको थियो ।
पार्टी पंक्तिका लागि मात्र तयार गरिएको सो फारम अन्य कसैलाई दिन, कतै, कसै (पत्रकारहरू समेत) लाई चुहावट गर्न नहुने यदि कसैले गरेमा अनुशासनको कारवाही भोग्न पर्ने समेत अधिकारीले प्रष्ट्याउनु भएको थियो । उहाँले पार्टीले चुनाव जित्ने तीन कारण खोल्दै ती रणनीतिलाई थप प्रभावकारी बनाउनका लागि उक्त फारमलाई वस्तुपरक ढंगबाट व्यापक छलफल गरी भरी केन्द्रमा पठाउनु पर्ने जानकारी दिनु भएको थियो । अधिकारीले समाजमा खस्कदै गएको पठन संस्कृतिप्रति चिन्ताव्यक्त गर्दै कार्यकर्ताले स्वअध्ययन, पार्टीका दस्तावेज आदि अध्ययनमा पनि प्राथमिकता दिनु पर्नेमा जोड दिनु भएको थियो ।
पार्टीको विशेष सम्पत्तीको रुपमा लिइएको उक्त कार्यकर्ताको स्वमूल्यांक, जसमा सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रको समेत मूल्यांकन गर्नु पर्ने जिम्मेवारी सम्बधित जिल्ला समिति र मातहतका विभिन्न समिति, पालिका समिति तथा वडा समितिलाई समेत सुम्पिएको अधिकारीको भनाइ छ ।
उक्त फारमले पार्टीको र सम्बन्धित कार्यकर्ताको धरातलीय स्वरुपको आंकलन गर्न र पार्टीले चुनावमा के कस्तो नतिजा ल्याउन सक्छ, सुधारका लागि के के रणनीति अख्तियार गर्नु पर्ने हुन सक्छ भन्ने भावि योजना, रणनीति र कार्यक्रम समेत बनाउनका लागि फारमले दिशा निर्देश गर्ने विश्वास रास्वपाको प्राविधिक समितिले गरेको केन्द्रीय तथ्यांक तथा अभिलेखीकरण विभागका प्रमुख अधिकारीले उल्लेख गर्नु भएको थियो ।
सो अवसरमा कुन जिल्लामा को इन्चार्ज खटाइएको छ भन्ने जानकारीसहित उहाँहरूको जिम्मेवारी, अधिकार र कर्तव्यका बारेमा समेत प्रकाश पारिएको थियो ।

साँझ करिब साढे ७.३५ बजे सुरु भएको सो जुम बैठक ९ नबज्दै सकिएको थियो तर केहीले ‘समय लामो (पट्यार लाग्दो) भयो भन्ने टिप्पणीसमेत गरेका थिए । कतिले भने त्यस्तो नयाँ शैलीको नौलो कुरा सिक्ने अवसरले पार्टीमा थप उर्जा र प्रेरणा भर्ने सार कुरा सिक्न पाएकोमा समय वितेको पत्तो नभएको र समय थपेर निरन्तर भइरहनु पर्नेमा जोड दिएका थिए । कति समयको अन्तरालपछि भएको यस्तो कार्यक्रममा डेढ घण्टाको समय पनि पार्टीका लागि खर्चन नसक्नेहरूबाट पार्टीले के आशा गर्ने ? जस्ता टिप्पणी पनि भएका थिए ।
पार्टीका प्रदेश सभापति राजन गौतमले स्वागत सहित बैठकको उद्देश्यमा प्रशाक पार्नु भएको थियो भने बैठकको सहभागिताका बारेमा रास्वपाका प्रदेश महामन्त्री नवीन त्रिपाठीले आफ्ना धारणासहित सहभातिगाका बारेमा जानकारी दिदै सहभागीहरूलाई धन्यवाद दिनुभएको थियो ।

प्रकाशित मिति २०८२ मंसिर ३, बुधबार ०६:०८ गते
हजुरको प्रतिक्रिया