रास्वपाका केन्द्रीय प्रवक्ता झाको उपस्थितिमा संयुक्त रुपमा भए लमजुङका दुई वडाधिवेशन फोटो फिचरसहित

रास्वपाका केन्द्रीय प्रवक्ता झाको उपस्थितिमा संयुक्त रुपमा भए लमजुङका दुई वडाधिवेशन फोटो फिचरसहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर ६ गते शनिवार ०४:२२

सो अवसरमा बेसीशहर नगरपालिका– ३, बाहुनबेसी निवासी पूर्वसहायक प्रजिअ तीर्थ अधिकारीलगायत तीन दर्जन बढी व्यक्तित्वले पार्टीको सदस्यता लिनु भएको थियो । त्यसरी सदस्यता लिनेमा क्ब्होलासोथार गाउँपालिका– १ का लक्ष्मण गुरुङसमेत हुनुहुन्छ ।

प्रवक्ता झाले लमजुङको बरदानका रुपमा रहेको मर्स्याङदी नदी यसको प्राकृतिक सम्पदा र स्वरुप बचाउनका लागि भएका प्रयासहरूको सराहना गर्दै रास्वपा सिंगो पार्टी यहाँहरूको साथमा छ भन्नुभयो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय प्रवक्ता एवम् पूर्वसांसद मनिष झाको उपस्थितिमा संयुक्त रुपमा स्थानीय नगरपालिकाका दुई वडाको अधिवेशन सम्पन्न भएका छन । ती अधिवेशन मंसिर ६ गते स्थानीय प्रगतिटोल स्थित तमु बाबा– आमा समूहभवनमा भएको हो ।
रास्वपाको केन्द्रीय प्रवक्ता झाले घण्टी बजाएर उक्त कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उहाँले सम्बोधनका क्रममा पार्टीका साथै देशको समसामयिक राजनीतिमा विश्लेषणयुक्त प्रस्ुतति राख्नु भएको थियो । साथै, लमजुङको प्रकृतिको संरक्षण र प्रगतिका लागि रास्वपा सदैव जिल्लाबासीको साथमा छ भन्नुभयो । उहाँले लमजुङको बरदानका रुपमा रहेको मर्स्याङदी नदी यसको प्राकृतिक सम्पदा र स्वरुप बचाउनका लागि भएका प्रयासहरूको सराहना गर्दै रास्वपा सिंगो पार्टी यहाँहरूको साथमा छ भन्नुभयो ।
सो अवसरमा बेसीशहर नगरपालिका– ३, बाहुनबेसी निवासी पूर्वसहायक प्रजिअ तीर्थ अधिकारीलगायत तीन दर्जन बढी व्यक्तित्वले पार्टीको सदस्यता लिनु भएको थियो । त्यसरी सदस्यता लिनेमा क्ब्होलासोथार गाउँपालिका– १ का लक्ष्मण गुरुङसमेत हुनुहुन्छ ।
रास्वपाका जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य सोविता अधिकारी बरालले स्वागत गर्नु भएको थियो । महिला नेतृ सन्तोषी गौली, नवप्रवेशी तीर्थ अधिकारी लगायतले शुभकामना व्यक्त गर्नु भएको अधिवेशनमा निर्वाचन अधिकृतको कार्य जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले र निर्र्वाचन समिति सदस्यको भूमिकामा जिल्ला सदस्य मीना खड्का र बेसीशहरका नगर सभापति कृष्ण राउत हुनुहुन्थ्यो । सो अधिवेशन वडानं– ३ मा नारायण घिमिरे र वडानं– ९ मा श्याम अर्याल वडासभापति चयन हुनु भएको छ ।
प्रस्तुत छ, सो अधिवेशनको फोटो फिचर :

प्रकाशित मिति २०८२ मंसिर ६, शनिबार १६:२२ गते
हजुरको प्रतिक्रिया