मोटरसाइकलको ठक्करबाट ६८ बर्षीया पैदलयात्री बृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट ६८ बर्षीया पैदलयात्री बृद्धाको मृत्यु

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर ८ गते सोमबार ०८:२५

बेसीशहर– लमजुङ जिल्लाको राइनासमा मोटरसाइकलले ठक्कर दिँदा ६८ बर्षीया पैदलयात्री एक बृद्धाको मृत्यु भएको छ । राइनास नगरपालिका– ६, स्याउली स्थित ढलेबर चोकमा उक्त घट्ना भएको मंसिर ८ भएको प्रहरीले जनाएको हो । मृतक बृद्धा सोही वडाको...

बेसीशहर– लमजुङ जिल्लाको राइनासमा मोटरसाइकलले ठक्कर दिँदा ६८ बर्षीया पैदलयात्री एक बृद्धाको मृत्यु भएको छ । राइनास नगरपालिका– ६, स्याउली स्थित ढलेबर चोकमा उक्त घट्ना भएको मंसिर ८ भएको प्रहरीले जनाएको हो ।
मृतक बृद्धा सोही वडाको स्याउली बजार निबासी मैती कुमारी तामाङ भएको प्रहरीले भनाई छ । प्रहरीका अनुसार सातबिसेबाट धमिलिकुवातर्फ आउँदै गरेको ना ४८ प ३०७७ नं. को मोटरसाइकलले पैदल यात्री ६८ बर्षीय मैती कुमारी तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङलाई उपचारको लागि तत्काल सहोदर सामुदायिक अस्पताल धमिलिकुवा लगिएको थियो । तर चिकित्सकले तत्कालै बृद्धा तामाङलाई मृत घोषणा गरेका थिए ।
उक्त घट्ना भएको स्थानमा प्रहरी टोली खटिइ मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनु भयो । उहाँका अनुसार घट्नाको मुचुल्का गर्ने लगायत अन्य अनुसन्धान कार्य गरी शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल बेसीशहरमा ल्याइएको छ ।

प्रकाशित मिति २०८२ मंसिर ८, सोमबार २०:२५ गते
हजुरको प्रतिक्रिया