एमाले महाधिवेशन प्रतिनिधि छनौटका लागि निर्वाचनको मत गणना जारी, सुभाष पौडेलले पपुलर मत पाउने संकेत

एमाले महाधिवेशन प्रतिनिधि छनौटका लागि निर्वाचनको मत गणना जारी, सुभाष पौडेलले पपुलर मत पाउने संकेत

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर १४ गते आईतबार ०८:०६

महिलातर्फ पपुलर मत पाउने सूचिमा यशोदा रिमाल दर्ज हुने संकेत देखिएको छ । उहाँले ३१७ मत पाउनु भएको छ । दोस्रो स्थानमा बेसीशहर नगरपालिकाकी उपमेयर पदमा गुरुङ ३१९ मतका साथ हुनुहुन्छ । त्यसपछि, बेसीशहर नगरपालिकाकी निवर्तमान उपमेयर लक्ष्मीदेवी अधिकारी २६६ मत तथा सोही नगरपालिका– ८ को वडाध्यक्ष समेत रहनु भएकी पवित्रा थापा राना २१३ मतका साथ चौथो स्थानमा रहनु भएको छ ।

प्राप्त मतगणना परिणाम अनुसार सुभाष पौडेलले ३१२ मत ल्याउनु भएको छ । दोस्रो स्थानमा २८८ मतका साथ युवराज अधिकारी हुनुुहुन्छ । त्यस्तै, कृष्णप्रसाद अधिकारीले २८५ मतका साथमा तेस्रो स्थानमा हुनुहुन्छ । जिल्ला अध्यक्ष राजकुमार विष्ट २६७ मतका साथ चौथो स्थानमा हुनुहुन्छ । पाँचौ स्थानमा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले २६० मतका साथ दरिनु भएको छ । बाँकी मत गणना कार्य १० बजेपछिमात्र थालिने एमालेका जिल्ला सचिव राजेन्द्र बोहराले बताउनु भएको छ ।

बेसीशहर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङ जिल्लाबाट १० जना महाधिवेशन प्रतिनिधिहरू छनोटका लागि भएको मतदानको गणना कार्य जारी छ । मत गणना कार्य मंसिर १४ गते अहिले बिहान ८ बजेदेखि थालिने भएको छ ।
हिजो साँझ सुरु गरिएको मत गणना कार्य ६ सय गणनापछि स्थगन गरिएको थियो । कुल एक हजार ९१६ मत खसेकोमा २२३ मत दलिततर्फ परेको थियो । खुलातर्फ एक हजार ६९३ खसेको हो ।
यसरी छ सय मत गणना हुँदाको स्थितिमा सबैभन्दा पपुलर भोट एमालेका निवर्तमान जिल्ला सचिव सुभाष पौडेलले ३१२ मत ल्याउनु भएको छ । दोस्रो स्थानमा २८८ मतका साथ युवराज अधिकारी हुनुुहुन्छ । त्यस्तै, कृष्णप्रसाद अधिकारीले २८५ मतका साथमा तेस्रो स्थानमा हुनुहुन्छ । जिल्ला अध्यक्ष राजकुमार विष्ट २६७ मतका साथ चौथो स्थानमा हुनुहुन्छ । यसपछि क्रमशः २६० अर्जुन गुरुङ, २४२ प्रेमबहादुर घले यस प्रकार दुई सय मत कटाउनु हुने नेतामा छ जना हुनुहुन्छ । तर उहाँहरू जम्मा चार जनाले जित्नु हुनेछ ।
यसैगरी, एकसयदेखि दुई सय बिचको मत पाउनेमा एकजना गोविन्द बस्नेत १४१ मत मात्र हुनुहुन्छ । त्यस्तै, राइनास नगरपालिकाका निवर्तमान मेयर सिंहवहादुर थापा ६९ मत, सुन्दरबजारका निवर्तमान नगर सभापति भीमवहादुर गुरुङ ६३ मत, एमालेका जिल्ला उपाध्यक्ष जितबहादुर गुरुङ ६१ मत, पूर्वमाओवादी नेता मोहनहरी पौडेल ५५ मत, ल्याण्डस्टार आमाविका प्रिन्सिपल ईश्वर पौडेलले ४७ मत, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे र निवर्तमान सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले ३६/३६ मत पाउनु भएको स्थिति छ ।
यसैगरी, पूर्वप्रधानाध्यापक वुद्धीबहादुर खडका २७, आलोक गुरुङ ३८ मत, रञ्जित कुमाल १५ मत र अञ्जनकुमार हिमालीले ७ मत पाएको जानकारीमा आएको छ ।
महाधिवेशन प्रतिनिधि १० जना छनोट हुनेमा खुलातर्फबाट ४ जना, महिलातर्फ ३ जना, दलिततर्फ २ जना र युवा क्लस्टरबाट १ जना प्रतिनिधि चयन हुने प्रावधान छ ।
यसैबीच, लमजुङमा दलिततर्फ वाट नेकपा एमालेको महाधिवेशन प्रतिनिधिमा हिरा लाल विश्वकर्मा र नन्दराम विश्वकर्मा विजयी हुनु भएको खबर छ । उहाँहरूले क्रमशः १७३ र १३७ मत पाई विजयी हुनु भएको हो भने अर्का प्रत्यासी विवश वुढाथोकी १३ मत कम अर्थात १२४ मत पाएर पनि पराजित हुनु भएको छ ।
महिला क्षेत्रतर्फबाट निर्वाचित हुने जनामा ८ जना प्रत्यासीहरू हुनुहुन्छ । उहाँमध्ये पपुलर मत पाउने सूचिमा यशोदा रिमाल दर्ज हुने संकेत देखिएको छ । उहाँले ३१७ मत पाउनु भएको छ । दोस्रो स्थानमा बेसीशहर नगरपालिकाकी उपमेयर पदमा गुरुङ ३१९ मतका साथ हुनुहुन्छ । त्यसपछि, बेसीशहर नगरपालिकाकी निवर्तमान उपमेयर लक्ष्मीदेवी अधिकारी २६६ मत तथा सोही नगरपालिका– ८ को वडाध्यक्ष समेत रहनु भएकी पवित्रा थापा राना २१३ मतका साथ रहनु भएको छ । समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमाल १४६ मत, विष्णुमाया राना १३८, सुन्दरबजार नगरपािलिकाका उपमेयर भवानी के.सी. १६८ मत र कल्पना थापा बोहरा ८० मत पाउनु भएको छ ।
एमालेको लमजुङमा कुल संगठित सदस्य संख्या पाँच हजार ४७३ जना रहेको छ ।
यसैगरी, युवा क्षेत्रतर्फ एक जना प्रतिनिधि चयन हुनेमा जुनवहादुर तामाङ, राजेन्द्र अधिकारी र प्रेम(रोशन) तामाङ प्रत्यासी हुनुहुन्छ भने दलिततर्फ २ जना छनौट हुनु पर्नेमा प्रत्यासी संख्या तीन रहेको छ । जसमा नन्दराम विक, विवश बुढाथोकी र हिरालाल विश्वकर्मा रहनु भएको छ ।
बाँकी मत गणना कार्य १० बजेपछिमात्र थालिने एमालेका जिल्ला सचिव राजेन्द्र बोहराले बताउनु भएको छ ।
एमालेको ११औं महाधिवेशन काठमाडौँमा यही मंसिर २७ देखि २९ गतेसम्म हुने तयारी छ ।

प्रकाशित मिति २०८२ मंसिर १४, आईतवार ०८:०६ गते
हजुरको प्रतिक्रिया