३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाइयो

३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर १८ गते बिहिबार ०८:२८

प्रजिअ डा. पाण्डेले कार्यक्रमको उदघाटन गर्दै अपाङ्गता व्यक्तिहरूको साथमा आफूसँगै रहेको बताउँदै स्थानीय तहले १० प्रतिशत बजेट छुट्याउनु पर्ने बताउनु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिले पाउने सहायता सामग्री उहाँहरूको अधिकार भएको हुँदा त्यसमा सम्झौता हुन नसक्ने र गर्न नहुने उल्लेख गर्नु भयो ।

सो अवसरमा समाजसेवी रमेश केसी सम्मानित हुनुभयो ।

बेसीशहर– लमजुङमा ३४औं अन्तरास्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको कार्यक्रममा ती गतिविधि मंसिर १७ गते भएका हुन् ।
सो कार्यक्रमको प्रजिअ डा. पाण्डेले कार्यक्रमको उदघाटन गर्दै अपाङ्गता व्यक्तिहरूको साथमा आफूसँगै रहेको बताउँदै स्थानीय तहले १० प्रतिशत बजेट छुट्याउनु पर्ने बताउनु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिले पाउने सहायता सामग्री उहाँहरूको अधिकार भएको हुँदा त्यसमा सम्झौता हुन नसक्ने र गर्न नहुने उल्लेख गर्नु भयो ।
उक्त दिवसको अवसर लमजुङ जिल्ला रहेर अपाङ्गता अभियानलाई सहयोग गर्ने व्यक्तित्वलाई सम्मान, अपाङ्गबारे सचेतनाका लगायतका कार्य गरिएको हो ।
सो अवसरमा विगत दुई दशकदेखि जिल्लामा बसेर यातायत क्षेत्रबाट अपाङ्गता भएका व्यक्तिहरूलाई गर्नु भएको सकारात्मक सहयोग तथा समाजसेवाका कार्य गरी आउनु भएका पृथ्वीराजमार्ग बसव्यवसायी समिति(माइक्रो)का कार्यालय बेसीशहरका काउन्टर इन्चार्ज रमेश केसीलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले सम्मानपत्र, प्रहरी नायव उपरीक्षक रेशम बोहरा दोसल्ला ओढाई सम्मानपत्रद्वारा सम्मान गर्नु भएको हो ।
२०३२ सालमा बुबा बिष्णु बहादुर खत्री र आमा तिलकुमारी खत्रीको कोखबाट जन्मनु भएका रमेश केसी पृथ्वी राजमार्ग यातायात कम्पनी प्रालिका काउन्टर इन्चार्ज हुनुका साथै कर्मचारी हुनुहुन्छ । अर्थलीबाट एस एल सि पास गरि अमृत साईन्स कलेजबाट आइएससी उतीर्ण गर्नु भएका केसी लमजुङमा बसेर विभिन्न सामाजिक काममा सक्रिय हुनुहुन्छ । बेसीशहर युथ सोसाइटीको संस्थापक, लक्ष्मीनायायण सामुदायक पुस्ताकलयको सचिव हुँदै विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध हुनुहुन्छ । दुई छोरा र दुई छोरीका पिता उहाँ राजनीतिमा पनि रुचि राख्नु हुँदै नेपाली काङ्ग्रेसको विभिन्न पद हुँदै निर्वाचित क्षेत्रीय सह सचिवमा समेत हुनु भएको थियो ।
उक्त अवसरमा एकीकृत सेवा केन्द्र, बेसीशहरको सहयोगमा छपाइएको यातायातमा अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण तथा छुटको स्टिकर ट्राफिक प्रहरीलाई हस्तान्तरणको कार्य समेत गरिएको थियो ।
उक्त कार्यक्रममा बेसीशहर नगरपालिका उपप्रमुख पदमा गुरुङ, बेसीशहर नगरपालिकाका नि.प्रमुख कार्यकारी अधिकृत मनोजसिंह बोहरा लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति २०८२ मंसिर १८, बिहीबार ०८:२८ गते
हजुरको प्रतिक्रिया