कश्यप गोत्रीय अधिकारीहरूको कुल पूजा सत्रसयमा भव्यरूपमा सम्पन्न : फोटो फिचर

कश्यप गोत्रीय अधिकारीहरूको कुल पूजा सत्रसयमा भव्यरूपमा सम्पन्न : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर १८ गते बिहिबार ०८:५४

सो अवसरमा ८५ वर्षीय घनश्याम अधिकारी सहित ८० वर्षको उमेर पार गर्नु भएका आठजनालाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका सचिवालय सदस्य नवराज पहाडी प्रमुख अतिथि हुनुहुन्थ्यो भने सोही प्रतिष्ठान, लमजुङ शाखाका सह–सचिव प्रकाश अधिकारी विषेश अतिथि हुनुहुन्थ्यो ।

सत्रसय(तनहुँ)– आबुँखैरेनी गाँउपालिका– १को यस क्षेत्रमा बसोबास गर्दै आएका कश्यप गोत्रीय अधिकारीहरूकोे कुल पूजा अर्थात दीवाली भव्यरूपमा सम्पन्न भएको छ । यहाँको कुँडहरे बगँैचामा नवनिर्मित कुलायन मन्दिरमा पूजाआजा होम आहुती आदि कार्य गरी मंसिर १८ गते कुल पूजा गरिएको हो ।
उक्त कार्यक्रममा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका सचिवालय सदस्य नवराज पहाडी प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस्तै, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान, लमजुङ शाखाका सह–सचिव प्रकाश अधिकारी विषेश अतिथि हुनुहुन्थ्यो ।
सो अवसरमा ८५ वर्षीय घनश्याम अधिकारी सहित ८० वर्षको उमेर पार गर्नु भएका आठजना ज्येष्ठ नागरिक (बाबा–आमा)लाई सम्मान गरिएको थियोे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पहाडी र विशेष अतिथि प्रकाश अधिकारीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियोे ।
उक्त अवसरमा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान, तनहुँ शाखाका अध्यक्ष एवम् मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज अधिकारीले पहिलो पटक यसरी मन्दिरमा कुल पूजा गरेको जानकारी दिँदै उक्त मन्दिर निर्माणको आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । चिरञ्जीवी अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन धुव्र अधिकारीले गर्नु भएको थियो । प्रस्त्ुत छ उक्त कार्यक्रमको फोटो फिचरः

प्रकाशित मिति २०८२ मंसिर १८, बिहीबार २०:५४ गते
हजुरको प्रतिक्रिया