अब धाेका जनताले खाने हैन, ३६ वर्षसम्म हालिमुहाली गर्नेहरुले खानु पर्छ : गाैतम रास्वपा प्रदेश सभापति

अब धाेका जनताले खाने हैन, ३६ वर्षसम्म हालिमुहाली गर्नेहरुले खानु पर्छ : गाैतम रास्वपा प्रदेश सभापति

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर २० गते शनिवार ०९:३२

रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य एवम् रास्वपाका संस्थापक जिल्ला संयाेजक धर्म के.सी.ले ०७९ काे निर्वाचन प्रचार कार्य यही थलाेबाट सुरु गरेको स्मरण गर्दै रास्वपाले के गर्छ र के गर्दैन भन्ने जान्न जरुरी छ भन्नु भयो । ऐले पनि सरकार मात्र परिवर्तन भएको हाे, सत्ता परिवर्तन भएको छैन, किनकि हिजाेका सरकारमा बस्नेहरुले भर्ना गरेका आसेपासेहरु आज पनि सत्तामै छन्, तिनलाई तह लगाउन पनि रास्वपालाई सके दुईतिहाई नभए पनि वहमत आवश्यक छ र त्यो चाहिन्छ भन्नुभयाे । उहाँले अब पनि पुराना दललाई भाेट दिनु भनेको भिखारी हुन तयार हुनु हाे, त्यसैले विकल्प राेजाैं भन्ने आह्वान गर्नुभयाे । उहाँले कार्यकर्ताहरुलाई सचेत गर्दै भन्नुभयाे, हामीलाई सानाेभन्दा सानो पनि गल्ती गर्ने छुट छैन, यसतर्फ सचेत बनाैंञधल भन्नुभयाे ।

वडानं ३ काे समितिमा संयाेजक पूर्वप्रनाउ लालबहादुर बस्नेत चयन हुनु भएको छ । त्यस्तै, वडाजं ४ काे सभापतिमा शिशिर नैनावस्ती चयन हुनु भएको छ ।

दुईपिप्ले(लमजुङ)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गण्डकी प्रदेश सभापति एवम् केन्द्रीय सदस्य राजन गाैतमले अबको निर्वाचनमा जनताले धाेका नपाई विगतका ३६ वर्षसम्म देश लुट्ने र जनतालाई धाेका दिनेहरुले पाउनु पर्छ र पाउनेछन् भन्नुभयाे । त्यसका लागि आउदाे निर्वाचनमा बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपाकाे घण्टी चिन्हमा मतदान गरेर त्यस्तो कनम गर्न सकिन्छ उहाँले भन्नुभयाे । उहाँले रास्वपाका सभापति रवि लामिछानेलाई केही दिन अघि जेलमा भेटघाटको क्रममा उहाँले गण्डकी प्रदेशमा कति सिट जित्नु हुन्छ ? भन्दै साेधनी गर्नु भएकोमा आफूले प्रदेशका १८ मध्ये ११ सिट प्रत्यक्षमा र समानुपातिकमा छ लाख मत ल्याउने वताएकाे स्मरण गर्दै त्यो प्रतिवद्धता तपाई वडा सभापतिसहितका पदाधिकारीका लागि पनि गरेको हुँ भन्दै त्याे संकल्प पूरा गर्न आजैदेखि तयारीमन जुट्न आग्रह गर्दछु भन्नुभयाे । उहाँले अबको १५- २० वर्षमा देश रित्तिन सक्ने सम्भावनाकाे उदाहरण दिदै देश उजाड हुनबाट वचाउन रास्वपालाई जिताउनु पर्छ, त्यसका लागि देशलाई शिरमा राखेर काम गराैं भन्ने आग्रह गर्नुभयो ।
उक्त अवसरमा रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य एवम् रास्वपाका संस्थापक जिल्ला संयाेजक धर्म के.सी.ले ०७९ काे निर्वाचन प्रचार कार्य यही थलाेबाट सुरु गरेको स्मरण गर्दै रास्वपाले के गर्छ र के गर्दैन भन्ने जान्न जरुरी छ भन्नु भयो । ऐले पनि सरकार मात्र परिवर्तन भएको हाे, सत्ता परिवर्तन भएको छैन, किनकि हिजाेका सरकारमा बस्नेहरुले भर्ना गरेका आसेपासेहरु आज पनि सत्तामै छन्, तिनलाई तह लगाउन पनि रास्वपालाई सके दुईतिहाई नभए पनि वहमत आवश्यक छ र त्यो चाहिन्छ भन्नुभयाे । उहाँले अब पनि पुराना दललाई भाेट दिनु भनेको भिखारी हुन तयार हुनु हाे, त्यसैले विकल्प राेजाैं भन्ने आह्वान गर्नुभयाे । उहाँले कार्यकर्ताहरुलाई सचेत गर्दै भन्नुभयाे, हामीलाई सानाेभन्दा सानो पनि गल्ती गर्ने छुट छैन, यसतर्फ सचेत बनाैं भन्नुभयाे ।
उक्त अवसरमा केन्द्रीय प्रवास विभागका सदस्य ताेयराज अधिकारीले नीति नियमबारे जानकार हुुनु पर्नेमा जाेडदिदै हतियार बिनाका मानिसलाई गाेली हान्ने अन्तर्राष्ट्रिय कानुनले निषेध गरेको छ तर जेन्जी आन्दोलनमा गाेली हानेर ७७ जनाको ज्यान लिने काम गरियो भने त्यो भन्दा ठूलाे संख्यामा घाइते भएका छन् भन्दै हामीले सुशासन र सामाजिक न्यायका लागि काम गर्नु पर्छ भन्नु भयाे ।
प्रदेश संगठन विभागका प्रमुख कृष्ण लम्सालले ३० प्रतिशत विपक्षीले गरेका गल्तीको पहिचान गर्ने, ३० प्रतिशत बाेल्ने, संगठन गर्ने, ४० प्रतिशत रास्वपाले के गर्छ भन्ने थाहा पाउने कार्य गर्नु पर्छ भन्नुभयाे ।
यसैगरी, प्रदेशका प्रवक्ता शंकर पन्तले हामीहरू उर्जाशील हुनुपर्ने उल्लेख गर्दै साेच र उमेर दुबैले युवा हुनु पर्नेमा जाेड दिनु भयो । गायक समेत रहनु भएका उहाँले गीतको समेत प्रस्तुति राख्नु भएको थियो । उक्त कार्यक्रममा रास्वपाका जिल्ला सभापति अशोक सापकोटोले जिल्लाका गतिविधिमा प्रकाश पार्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रदेशकाे महिला विभागका उपप्रमुख सन्ताेषी गाैलीले अब पनि माैन वस्नु जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरु प्रति अन्याय हाे र त्यो गर्ने छुट हामीलाई छैन भन्नु भयो । सामाजिक सञ्जाल बन्द गर्ने याे जिल्लाका तत्कालीन सञ्चारमन्त्री पिएस गुरुङले आफ्नो लगाउने लुगा र खानाखाने थालसमेत बाकी नराखेको भन्ने भनाइकाृ खण्डन गर्दा आफूलाई टाेले डनहरुले धम्की दिएको स्मरण गर्दै भ्रष्टाचारको विराेध गर्दा आइपर्ने जुनसुकै चुनाैतिकाे आफू सामना गर्न तयार रहेको जानकारी दिनुभयो ।
रास्वपाका नगर सभापति तिर्थराज पराजुलीकाे सभापतित्वमा भएको कार्यक्रममा नगर सचिव दीपेन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियोे भने सञ्चालन कृष्णप्रसाद वगालेले गर्नु भएको थियोे ।
वडानं ३ को तदर्थ समिति संयोजकमा बस्नेत, वडा नं ४ को वडासभपतिमा नैनावस्ती :
सो  अवसरमा वडानं ३ काे तदर्थ समिति र वडा नं ४ काे वडाधिवेशनबाट नयाँ समितिकाे गठन गरिएको छ । वडानं ३ काे समितिमा संयाेजकमा सशस्त्र प्रहरीका पूर्वप्रनाउ लालबहादुर बस्नेत चयन हुनु भएको छ भने उपसंयाेजक ध्रवराज रिमाल, सचिव कृष्णप्रसाद वगाले(कार्यक्रम सञ्चालक), सदस्यहरुमा सीता गाैतम, उमानाथ गाैतम, प्रकाश थापा, भगवती साखी र माेहन सार्की चयन हुनु भएको जिल्ला काेषाध्यक्ष एवम् निर्वाचन समितिका सदस्य विजयरञ्जन पाैडेलले वताउनु भएको छ ।
यसैगरी, वडाजं ४ काे सभापतिमा शिशिर नैनावस्ती चयन हुनु भएको निर्वाचन समितिका सदस्य तथा जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार साे समितिकाे उपसभापतिमा रमेश थापा चयन हुनु भएको छ भने सचिवमा तिर्थराज भण्डारी चयन हुनुभएको छ ।
समितिकाे सदस्यमा प्रकाश पण्डित क्षेत्री, बलराम बानिया, ईश्वरीप्रसाद ढकाल र रेशम कुमाल चयन हुनुभएको छ ।
नवनिर्वाचितहरुलाई गण्डकी प्रदेशका संगठन विभाग प्रमुख कृष्ण लम्सालले शपथ खुवाउनु भएको निर्वाचन समितिका संयाेजक प्रकाश थापाले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८२ मंसिर २०, शनिबार २१:३२ गते
हजुरको प्रतिक्रिया