सयपत्री आमाविमा नयाँ प्रिन्सिपल के.सी.को पदस्थापन

सयपत्री आमाविमा नयाँ प्रिन्सिपल के.सी.को पदस्थापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर २२ गते सोमबार ११:१९

सामुदायिक गुठीमार्फत निजी विद्यालय ढाँचामा पूर्ण अंग्रेजीमाध्यमबाट पठाई हुने उक्त विद्यालय २०४१ सालमा स्थापना भएको हो ।

यस अघिका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले राजीनामा दिनु भएपछि रिक्त स्थानमा केसीलाई नियुक्ति दिने निर्णय गरिएको हो ।

सुन्दरबजार(लमजुङ)– स्थानीय क्षेत्रमा सामुदायिक गुठीमार्फत सञ्चलित सयपत्री आमाविमा नयाँ प्रिन्सिपलको पदस्थापन गरिएको छ । यसअघि प्रशासन प्रमुखको जिम्मेवारीमा रहनु भएका मिलन के.सी.लाई पिन्सिपलको पदभार मंसिर २१ गते दिइएको हो ।
के.सी.लाई प्रिन्सिपलको जिम्मेवारी दिनका लागि अघिल्लो दिन विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरिएको व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीले बताउनु भयो । उहाँका अनुसार यस अघिका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले राजीनामा दिनु भएपछि रिक्त स्थानमा केसीलाई नियुक्ति दिने निर्णय गरिएको हो ।
उक्त पदस्थापन कार्यमा सयपत्री गुठी सल्लाहकार समितिका संयोजक रामबाबु श्रेष्ठ, संस्थापक अध्यक्ष एवम् गुठीका अध्यक्ष शंकरमान श्रेष्ठ, लेखा समितिका संयोजक विमल अधिकारी, सो समितिका सदस्य त्रय वीरबहादुर थापा, नमिता अधिकारी, पार्वती लगायतको उपस्थिति थियो ।
सामुदायिक गुठीमार्फत निजी विद्यालय ढाँचामा पूर्ण अंग्रेजीमाध्यमबाट पठाई हुने उक्त विद्यालय २०४१ सालमा स्थापना भएको हो । सो विद्यालयमा हाल कक्षा– ९ सम्म अध्यापन कार्य हुँदै आएको छ । हाल सो माविमा २७४ जना विद्यार्थी अध्यापन गरिरहेका छन् ।

प्रकाशित मिति २०८२ मंसिर २२, सोमबार ११:१९ गते
हजुरको प्रतिक्रिया