विद्यालयमा दोस्रो खाना उत्सव : विद्यार्थी आफैले बनाए विभिन्न परिकार, ९० हजार रुपैयाँ आम्दानी

विद्यालयमा दोस्रो खाना उत्सव : विद्यार्थी आफैले बनाए विभिन्न परिकार, ९० हजार रुपैयाँ आम्दानी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर २३ गते मङ्गलबार ०७:३४

विद्यार्थीहरू विहानैदेखि विभिन्न थरीका परिकार बनाउन व्यस्थ देखिन्थे । विद्यालयका शिक्षकहरूको समन्वय र सहयोगमा विद्यार्थीहरूले परम्परागत र आधुनिक खानाका विविध परिकार तयार पारेका थिए ।

खाना उत्सवमा कक्षा– ६ देखि कक्षा– १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए । विद्यार्थीको कक्षागत रुपमा छुट्टाछुट्टै स्टल थियो ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ८ स्थित ल्याण्डस्टार अंग्रेजी स्कुलमा दोस्रो खाना उत्सव मनाइएको छ । विद्यार्थीकै अग्रसरतामा खाना उत्सव गरिएको हो । सो मेलाबाट ९० हजार रुपैयाँ आम्दानी भएको आयोजकको भनाइ छ ।
विद्यार्थीलाई नियमित पढाइसँगै अतिरिक्त सीपमूलक गतिविधिमा सहभागी गराउँदै क्षमता विकास गर्ने उद्देश्यले विद्यालयको समन्वयमा उक्त खाना उत्सव गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय हातामा सञ्चालन गरिएको खाना उत्सवमा कक्षा– ६ देखि कक्षा– १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए । विद्यार्थीको कक्षागत रुपमा छुट्टाछुट्टै स्टल थियो । विद्यार्थीहरू विहानैदेखि विभिन्न थरीका परिकार बनाउन व्यस्थ देखिन्थे । विद्यालयका शिक्षकहरूको समन्वय र सहयोगमा विद्यार्थीहरूले परम्परागत र आधुनिक खानाका विविध परिकार तयार पारेका थिए ।
ती स्टलमा विद्यार्थीहरू आफूले बनाएका सेलरोटी, अचार, आलुचप, समोसा, मिटबल, पुरी तरकारी, मःम, चना, अण्डा, सुक्खा रोटी, एगरोल, चटमारी, दहिपुरी, पानी पुरी, चटनी, चिया, कफी लगायतका १८ प्रकारका परिकार बनाएर प्रशर्दनमा राखिएको कक्षा– ८ का प्रणय विष्टले बताए । कक्षा– १० की गरिमा घलेले घरमा आमाले भाञ्साको काम अह्राउँदा गर्न नपरे हुन्थ्यो झैं लाग्थ्यो तर स्कूलमा त जाँगर लागेको यी खानेकुरा बनाउँदा मज्जा आइरहेको छ भनिन् ।
विद्यार्थीले बनाएका परिकार हेर्न र चाख्न अभिभावकहरू पनि विद्यालय पुगेका थिए । नियमित पढाइसँगै यस्तो व्यवहारिक गतिविधि तथा सिकाईले विद्यार्थीको बौद्धिक र सामाजिक विकासमा सहयोग पुग्ने उत्सव स्थलमा पुगेका अभिभावकहरूले प्रतिक्रिया दिएका छन् । कार्यक्रमस्थलमा भेटिएका अभिभावक होम राउतले भन्नुभयो, ‘ऐलेका कतिपय विद्यार्थीले घरमा चियासम्म पनि पकाउन जान्दैनन् तर स्कूलमा यस्ता परिकार बनाउन जाने पछि घरको काममा पनि सहयोग पुग्ने, विद्यार्थीमा आत्मबल बढ्ने, जागरिला हुने देखियो ।’
विद्यार्थीले स्वःस्फुर्त रुपमा आफ्नै लगानीमा सञ्चालन गरेको खाना उत्सवबाट करिब ९० हजार रुपैयाँ बराबरको आम्दानी भएको विद्यालयका प्रिन्सिपल ईश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्राप्त रकम विद्यार्थीले प्रोजेक्ट वर्कमा लगानी गर्ने भएका छन् । विद्यालयमा दोस्रो पटक फुट फेस्टिबल अर्थात खाना उत्वस भएको जानकारी दिदै उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई मौलिक खानाको परिकार, भान्साको प्रयोग, बिक्री र सहकार्यता सीप सिकाउन गत वर्षदेखि खाना उत्सव आयोजना गरिएको हो ।’ यो कार्यलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने योजना छ, प्रिन्सिपल पौडेलले उल्लेख गर्नु भयो ।
हरेक कक्षालाई समूह बनाएर विद्यार्थीकै लगानीमा तयार पारिएका परिकार बिक्रीबाट आएको रकम उनीहरूलाईनै वितरण गरिएको विद्यालयले जनाएको छ । ल्याण्डस्टार स्कुलले विद्यार्थीको व्यावहारिक सिकाइ अभिवृद्धिका लागि वर्षभर विभिन्न शैक्षिक र अतिरिक्त गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति २०८२ मंसिर २३, मंगलवार १९:३४ गते
हजुरको प्रतिक्रिया