बेसीशहर नगरपालिका– ११ चितिको वडाअघिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा

बेसीशहर नगरपालिका– ११ चितिको वडाअघिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर २३ गते मङ्गलबार ०९:२२

सो अधिवेशनको उदघाटन तथा प्रमुख वक्ताका रुपमा रास्वपाको केन्द्रीय संगठन विभाग सदस्य एवम् रास्वपा लमजुङका संस्थापक संयोजक, इञ्जिनियर धर्म केसी आउनु हुने भएको छ ।

वडा अधिवेशनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनको पूर्वतयारीका रुपमा समेत लिइरहेको जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारीले बताउनु भएको छ ।

चिति(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बेसीशहर नगरपालिका– ११ चितिको वडाअघिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सो अधिवेशन मंसिर २७ गते शनिबारका दिनमा चितिको तिलाहारमा सम्पन्न गर्ने गरी तयारी गरिएको हो ।
सो अधिवेशनको उदघाटन तथा प्रमुख वक्ताका रुपमा रास्वपाको केन्द्रीय संगठन विभाग सदस्य एवम् रास्वपा लमजुङका संस्थापक संयोजक, इञ्जिनियर धर्म केसी आउनु हुने भएको छ । उहाँ अघिल्लो दिनमा नै चिति आउने कार्यक्रम रहेको चितिमा स्थायी बसोबास गर्नु हुने केन्द्रीय जनसम्पर्क विभागका सदस्य भोला शर्माले जानकारी दिनु भएको छ । उहाँका अनुसार ऐतिहासिक रुपमा सञ्चालन गरिने पहिलो अधिवेशनमा सहभागी हुन रास्वपाका सम्पूर्ण सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । उहाँले भन्नुभयो, ‘सो दिन बिहान ११ः३० बजे, चितिको तिलाहार स्थित खुला चौरमा कार्यक्रमको उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।’
वडा अधिवेशनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनको पूर्वतयारीका रुपमा समेत लिइरहेको जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारीले बताउनु भएको छ ।
स्मरणीय छ, उक्त वडा नगरपालिकाको सबैभन्दा बढी मतदाता रहेको वडा हो । त्यसैले पनि उक्त वडाको महत्व बढी रहेको छ । जहाँको मत एकोहोरिदा मेयर, उपमेयरको परिणाममा समेत फरक पर्ने गरेको विगत साक्षी छ ।

प्रकाशित मिति २०८२ मंसिर २३, मंगलवार २१:२२ गते
हजुरको प्रतिक्रिया