आज देव गुरुङ र श्रीनाथ बराल लमजुङ आउँदै, नेपाली कम्युनिष्ट पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्नु हुने

आज देव गुरुङ र श्रीनाथ बराल लमजुङ आउँदै, नेपाली कम्युनिष्ट पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्नु हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर २५ गते बिहिबार ०८:४९

‘पार्टी समितिहरूको सञ्चालन सामुहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुरुप हुनेछ ।’ पार्टी नेता प्रधान नभई नीति प्रधान हुनेछ’ सो दलका केन्द्रीय सदस्य रामबाबु अधिकारीले बताउनु भएको छ ।

सो पार्टीको लमजुङ जिल्लाबाट केन्द्रमा नेतृत्व गर्नुहरू झण्डै अढाई दर्जन नेताहरू रहेको खुलासा

बेसीशहर– नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज मंसिर २५ गते यहाँ हुने भएको छ । सो सभामा विशेष सम्बोधन गर्नु हुने नेताद्वयमा देवप्रसाद गुरुङ र श्रीनाथ बराल आउनु हुने भएको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा समाजवादी, जन समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, देशभक्त समाजवादी मोर्चा, नेपाल समाजवादी पार्टी समेतका १० वटा पार्टीहरूका बीचमा एकता गत कार्तिक १९ गते काठमाडौंमा घोषणा भएको थियो ।
त्यसपछि सो दलमा मिसिनेमा यतिबेलासम्म अन्य मातृभूमि जागरण अभियान नेपालसमेत सात दल पनि सोही पार्टीमा समावेश भएका छन् ।
ती सबै दलको एकता सन्देश सभा आज जिल्ला समन्वय समिति, लमजुङको सभाहलमा हुने भएको जानकारीमा आएको छ । यसरी १७ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको घोषणाको अर्थ सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पुरा गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकता आजको एकता आवश्यक भएको हुँदा विभिन्न वाम घटकका बीच एकता भएको सो दलका केन्द्रीय सदस्य रामबाबु अधिकारीले बताउनु भयो । उहाँका अनुसार पूँजीवादी जनवादी क्रान्तिको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार पार्ने पार्टीको तत्कालीन कार्यनीति रहेको छ । उहाँले भन्नुभयो, ‘पार्टी समितिहरूको सञ्चालन सामुहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुरुप हुनेछ ।’ पार्टी नेता प्रधान नभई नीति प्रधान हुनेछ भन्ने उहाँको कथन छ ।
ती पार्टीको केन्द्रीय तहमा प्रतिनिधित्व गर्नु हुने नेताहरूमा झण्डै अढाई दर्जन संख्या रहेको खुल्न आएको छ । जसमा पूर्व नेपाल माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, पारसमणि पौडेल, देवेन्द्र पराजुली, यशोदा सुवेदी, बुद्धिराम तमु, मधु अधिकारी, सरोज शर्मा, उर्मिला माझी, सतिमाया तामाङ, ब्रदीविलाश मिश्र, देवबहादुर दुरा, गिरिन्द्रराज अधिकारी, मेषबहादुर भण्डारी, बद्री मिश्र, रामचन्द्र पौडेल हुनुहुन्छ । सोही दलको अन्य केन्द्रीय निकायमा सल्लाहकारहरू हिमकुमारी सुनार, ऋषिराम पौडेल, पूर्णबहादुर गुरुङ, जेष्ठ कम्युनिष्ट मञ्चबाट चित्रबहादुर कार्की, युवराज पराजुलीलगायत रहनु भएको बुझिएको छ ।
यसैगरी, पूर्व नेकपा एसबाट केन्द्रीय सदस्यहरू रामबाबु अधिकारी, इजन बराल, ऋषिकेश घिमिरे र मातृका खनाल हुनुहुन्छ ।
त्यस्तै, नेकपा समाजवादीबाट राजु कार्की, नेसपाबाट राजु थापा रहनु भएको पार्टी स्रोतले बताएको छ ।

प्रकाशित मिति २०८२ मंसिर २५, बिहीबार ०८:४९ गते
हजुरको प्रतिक्रिया