मर्स्याङदी क्याम्पसमा भाडमैलो : सञ्चालक समितिका निवर्तमान अध्यक्ष बरालद्वारा राजीनामा

मर्स्याङदी क्याम्पसमा भाडमैलो : सञ्चालक समितिका निवर्तमान अध्यक्ष बरालद्वारा राजीनामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर २६ गते शुक्रबार ०९:२२

विधान अनुसार सञ्चालक समितिको पदावधि आउँदो पुस २१ गतेबाट समाप्त हुने भएको र अन्तिम अवस्थामा दीर्घकालीन असर गर्ने निर्णय गर्न नहुने मूल्यमान्यता विपरित निर्णय गरिएको र त्यो सहन गर्न नसक्ने स्थिति भएका कारणले आफूले राजीनामा गर्नु परेको बरालले आफ्नो राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ ।

बरालले विधान र प्रक्रिया मिचेर सञ्चालक समितिलाई समेत थाहा नदिई कतिपय निर्णय गरिएको राजीनामा पत्रमा उल्लेख गर्नु भएको र ती निर्णय क्याम्पसको हितमा नभएको समेत टिप्पणी गर्नुभएको छ ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित जिल्लाको निजीस्तरको पुरानो मर्स्याङदी बहुमुखी क्याम्पसमा भाडमैलो गरिएको र त्यस्तो स्थिति देख्न नसकेको हुँदा पदबाट राजीनामा दिएको सञ्चालक समितिका निवर्तमान अध्यक्ष हरिप्रसाद बरालले मंसिर २५ गते सार्वजनिक गर्नु भएको छ ।
समाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नु भएको राजीनामा पत्रमा उहाँले विधान अनुसार सञ्चालक समितिको पदावधि आउँदो पुस २१ गतेबाट समाप्त हुने भएको र अन्तिम अवस्थामा दीर्घकालीन असर गर्ने निर्णय गर्न नहुने मूल्यमान्यता विपरित निर्णय गरिएको र त्यो सहन गर्न नसक्ने स्थिति भएका कारणले आफूले राजीनामा गर्नु परेको बरालले आफ्नो राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ ।
सञ्चालक समितिका निवर्तमान अध्यक्ष बरालले विधान र प्रक्रिया मिचेर सञ्चालक समितिलाई समेत थाहा नदिई कतिपय निर्णय गरिएको राजीनामा पत्रमा उल्लेख गर्नु भएको र ती निर्णय क्याम्पसको हितमा नभएको समेत टिप्पणी गर्नुभएको छ ।
उहाँले आफू निवर्तमान अध्यक्षका हैसियतले सञ्चालक समितिमा रहेको तर मनपरीतन्त्र स्विकार गर्न नसकेको हुँदा आफू राजीनामा दिन बाध्य भएको समेत उल्लेख गर्नु भएको छ ।

प्रकाशित मिति २०८२ मंसिर २६, शुक्रबार २१:२२ गते
हजुरको प्रतिक्रिया