एमाले ११ औं महाधिवेशन निर्वाचन : मतदान सुरु गर्ने समय समेर साँझ ८ बजे पुग्यो

एमाले ११ औं महाधिवेशन निर्वाचन : मतदान सुरु गर्ने समय समेर साँझ ८ बजे पुग्यो

एजेन्सी

@antaranganews

२०८२ पुस १ गते मङ्गलबार ०६:१०

आयोगले यसअघि आज दिउँसो २ बजेदेखि मतदान थाल्ने तयारी गरेको थियो । तर, आन्तरिक तयारीका कारण मतदानको समय पछि सारिएको हो । उहाँले भन्नुभयो, ‘मतदानपछि गणना गर्न ३ देखि ४ घन्टा लाग्न सक्ने छ ।

नेकपा एमालेका अध्यक्ष पदका प्रतिस्पर्धि ईश्वर पोखरेल पक्षले राति मतदान गर्न नहुने अडान लिइरहेको छ । मेसिनमा उम्मेदवारहरूको फोटो पनि राखिने भएको छ । फोटो र नाम सँगसँगै इन्ट्री गर्नुपर्ने भएकाले समय लागेको रिमालले बताउनु भयो । उहाँका अनुसार छिटो गरी सुरू गर्दा पनि साँझ ८ बजे मात्र मतदान सुरू हुन सक्छ ।

काठमाडौँ– एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बेलुका ७ बजेदेखि मतदान हुने भएको छ । आज पुस १ गते बेलुका ८ बजेदेखि भोलि बिहान १ बजेसम्म मतदानका लागि समय तोकिएको सो दलको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले पनि साँझ ८ बजे मतदन सुरु हुने सूचना प्रकाशित गरेको छ ।
राती १ बजेसम्म मतदान नसकिएको खण्डमा समय थपिने समेत केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले बताउनु भयो । उहाँका अनुसार विद्युतीय भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले बेलुकामात्र मतदान सुरु हुने भएको हो । उहाँले भन्नुभयो, ‘एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने भएकाले २ हजार २ सय ६२ प्रतिनिधिलाई मतदान गर्न लामो समय लाग्नेछ ।’ नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया जारी रहेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।
हरेक प्रतिनिधिले निर्विरोध भएका उम्मेदवार बाहेकलाई मत दिनुपर्ने छ । ११ जना निर्विरोध भएका छन् तथा एक जना प्रतिनिधिले अध्यक्ष र पदाधिकारीहरूसहित कम्तीमा २ सय ९२ जनालाई मत दिनुपर्ने छ ।
आयोगले यसअघि आजै दिउँसो २ बजेदेखि मतदान थाल्ने तयारी गरेको थियो । तर, आन्तरिक तयारीका कारण मतदानको समय पछि सारिएको हो । मतदानको समय सकेको यो चौथो पटक हो । यसअघि दिउँसो ४ बजेदेखि निर्वाचन सुरु हुने भनिएको थियो ।
दुई जनाको उम्मेदवारी खारेज १५ जनाको फिर्ता :
यसबीच, ११औँ महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये दुई जनाको उम्मेदवारी खारेज गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले बताउनु भयो । उहाँका अनुसार एक उपमहासचिवसहित १५ जनाले उम्मेदवारले फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको हो ।
अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका गरी करिब सात सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।
भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधि चयन भएका छन् ।
भोटिङ मेसिन उत्पादक कम्पनीका प्रमुख रामप्रसाद रिमालले भन्नुभयो, ‘गए राति मात्र हामीलाई नामावली प्राप्त भयो । त्यस अनुसार हामीले डेटा इन्ट्री गरेका थियौं, आज पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम मिलाएर सच्याएर पठायो । त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन समय लाग्ने भएको छ ।’
मतदान सकिन भोलि बिहानसम्म समय लाग्ने भएकाले परिणाम भोलि मात्र आउने जानकारी निर्वाचन समितिका पदाधिकारीले जानकारी दिए ।
नाम इन्ट्री गरेपछि निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले हेरेर प्रमाणीकरण गर्नेछन्। मेसिनमा उम्मेदवारहरूको फोटो पनि राखिने भएको छ । फोटो र नाम सँगसँगै इन्ट्री गर्नुपर्ने भएकाले समय लागेको रिमालले बताउनु भयो । उहाँका अनुसार छिटो गरी सुरू गर्दा पनि साँझ ८ बजे मात्र मतदान सुरू हुन सक्छ । उहाँले भन्नुभयो, ‘मतदानपछि गणना गर्न ३ देखि ४ घन्टा लाग्न सक्ने छ ।
एमालेको १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार छन् । त्यस्तै, ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार रहेका छन् ।
एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ । भोलिदेखि हल अर्कै कम्पनीलाई भाडामा दिएका कारण एमालेलाई समयमै मतदान सक्न दबाब छ । निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै छन् ।
एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन् ।

प्रकाशित मिति २०८२ पुष १, मंगलवार १८:१० गते
हजुरको प्रतिक्रिया