एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

एजेन्सी

@antaranganews

२०८२ पुस १ गते मङ्गलबार ०९:१८

आज बिहान १२ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै साँझ ८ बजेसम्मका लागि सरेको थियो । त्यसपछि भोलि विहान ८ बजेका लागि सारिएको हो । 

एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ ।

काठमाडौं– नेकपा एमालेको जारी ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान भोलि पुस २ गते बिहान ८ बजेसम्मका लागि सरेको छ । प्राविधिक कारणले मतदान सरेको पुस १ गते साँझ बताइएको छ ।
एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया साँझ ७ बजेपछि केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिनु भयो । मतदानका लागि प्रतिनिधिहरू लाइनमा समेत बसिसकेका थिए । आज बिहान १२ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै साँझ ८ बजेसम्मका लागि सरेको थियो ।
पोखरेलले भन्नुभयो, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’
मेसिन उत्पादक कम्पनीलाई गए राति मात्र उम्मेदवारहरूको नामावली प्राप्त भएको थियो । त्यस अनुसार विवरण इन्ट्री भइसकेको थियो । पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठायो । त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन थप समय लागेपछि निर्धारित समयमा हुन नसकेको एमालेका महासचिव शंकर पोखरेलले बताउनु भयो । उहाँका अनुसार विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको हो । उहाँले भन्नुभयो, ‘आज प्राविधिक कारणले मतदान हुन सकेन, भोलि बिहान ८ बजे भृकुटीमण्डपमै मतदान हुनेछ ।’
मतदानका लागि सयवटा मेसिन राख्ने तयारी भइरहेको छ । यसअघि एमालेको निर्वाचन आयोगले साँझ ८ बजे मतदान सुरू हुने सूचना प्रकाशित गरेको थियो ।
एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ ।
महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।

प्रकाशित मिति २०८२ पुष १, मंगलवार २१:१८ गते
हजुरको प्रतिक्रिया